३ जेष्ठ २०८३, आइतबार | May 17, 2026

पर्यटन दिवसमा लुम्बिनी भ्रमणमा आएका पर्यटकलाई स्वागत



लुम्बिनी । गौतमबुुद्धको जन्मभूूमि लुम्बिनीमा ४३ औं विश्व पर्यटन दिवस मनाईएको छ । लुम्बिनी विकास कोष सहित लुम्बिनी होटल संघ, लुम्बिनी पर्यटन व्यवसायी संघ लगायतका संस्थाहरुले लुम्बिनी भ्रमणमा आएका पर्यटकहरुलाई स्वागत गरेर दिवस मनाईएको हो ।

लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुुलपती ह«दयरत्न बज्राचार्य, लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्रयले स्पेन, भियतनाम, होल्याण्ड, भारतबाट आएका बाह्य पर्यटकहरुलाई खादा लगाएर लुम्बिनीमा स्वागत गरका हुन । शान्ति दीपमा स्वागत गर्दै पर्यटकहरुलाई मायादेवी मन्दिरसम्म स्थानीय साँस्कृतिक झाकी सहित भ्रमणका लागि लगिएको थियो ।

पर्यटक स्वागत कार्यक्रममा लुम्बिनी बौद्ध विश्व विद्यालयका उपकुुलपती बज्राचार्यले लुम्बिनी विश्वकै उत्कृष्ट पर्यटकीय स्थल भएको बताउँदै यसको प्रचार प्रसारमा सबै लाग्नुपर्ने बताए । उनले विदेशी पाहुनालाई स्वागत सत्कार गरेर पर्यटन दिवस मनाउन पाएकोमा खुशि व्यक्त गरे । लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले लुम्बिनीमा पर्यटकहरु निर्धक्कसँग भ्रमण गर्ने वातावरण बनाएको बताए ।

उनले विश्व पर्यटन दिवसमा विदेशी तथा स्वदेशी पर्यटकलाई स्वागत गर्न पाउँदा निकै खुशी लागेको बताए । ‘विगतमा कोभिड महामारीका कारण पर्यटकहरुको कमी थियो, अब पर्यटकहरु आउनेक्रम बढेको छ’ उनले भने । उनले लुम्बिनी विकास कोषले पर्यटकलाई भ्रमणका लागि टुरगाईडको व्यवस्था समेत गरिएको बताए ।

लुम्बिनी होटल संघका अध्यक्ष गोविन्द ज्ञवालीले लामो समयसम्म कोभिड महामारीका कारण पर्यटक भित्र्याउन नसकेको बताउँदै अब विस्तारै त्यो माहोल बढ्दै गएको बताए । उनले लुम्बिनीमा पर्यटकहरुलाई लक्षित गरि बिशेष प्याकेजका कार्यक्रमहरु समेत सञ्चालन गरिएको बताए ।

लुम्बिनी भ्रमणमा पुुगेका अन्य पर्यटकहरुलाई सदस्य सचिव शाक्य सहित योजना प्रमुख सरोज भट्टराई, बरिष्ठ प्रशासक ज्ञानीन राई, सूूचना अधिकारी राजन बस्नेतले स्वागत गरेका थिए ।

कार्यक्रममा लुम्बिनी होटल संघका बरिष्ठ उपाध्यक्ष लिलामणि शर्मा, महासचिव पुुरुषोत्तम अर्याल लगायतले बोल्दै पर्यटन दिवसको शुभकामना दिएका थिए । कार्यक्रममा लुम्बिनीको स्थानीय साँस्कृतिक समूूह, महिला समूूह, सैनामैनाको नेवा समुहले साँस्कृतिक झाकीहरु प्रदर्शन गरेका थिए ।

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलबार  १ : ५६ बजे

कांग्रेसको केन्द्रीय लेखा समितिमा तीन सदस्य मनोनयन

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको केन्द्रीय लेखा समितिमा तीन सदस्य

अण्डाको उत्पादन घट्यो, मूल्य बढ्यो

चितवन । गर्मी मौसमसँगै अण्डाको उत्पादन घट्दा मूल्य बढेको छ

प्रधानमन्त्रीद्वारा कीर्तिमानी आरोही शेर्पाद्वयप्रति सम्मान

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले ३२औँ पटक सगरमाथाको सफल आरोहण

जलवायु परिवर्तनका कारण विश्वका नदीहरूमा अक्सिजन तीव्र रूपमा घट्दै

बेइजिङ । नयाँ अध्ययनले जलवायु परिवर्तनका कारण विश्वभरका नदीहरूमा अक्सिजनको

स्वीकृत विदेशी लगानीको १४ प्रतिशत मात्रै भित्रियो

काठमाडौं । नेपालमा स्वीकृत विदेशी लगानीको तुलनामा वास्तविक भित्रिने रकम