८ पुस २०८२, मंगलबार | December 24, 2025

रोटरी डाउनटाउनको डेगु रोकथाम र सचेतना अभियान



बुटवल । रोटरी क्लब अफ बुटवल डाउन टाउनको आयोजना तथा रोट्याक्ट क्लब अफ बुटवल डाउनटाउन, रामापिथेकस, सिनर्जी, ईन्ट्रयाक्ट क्लब अफ स्लकर्स होम, गार्गी एकेडेमी, एनायन्स डाउनटाउन, ईन्नरह्विल क्लब अफ बुटवल जितगढीले बुटवलमा मंगलबारदेखि डेङ्गु रोग नियन्त्रण तथा सचेतना कार्यक्रम शुरु गरेका छन ।

राजमार्ग चौराहाबाट शुरु भएको कार्यक्रम बुटवल उपमहानगरपालिकाका वडाहरुमा डेगु रोगबारे सचेतनामुलक पर्चापम्प्लेट वितरण, अडियो सामग्रीमार्फत माईकिङ गरिने क्लबका अध्यक्ष भरत रानाले बताए । डेगु संक्रमितको संख्या बढेका कारण सचेतनाका कार्यक्रमलाई प्राथमिकतामा राखेको उनले बताए ।

कार्यक्रम संयोजक कमला हमालले सचेतना डेगुबाट बच्न सबैभन्दा प्रभावकारी उपाय सचेतना भएको बताईन । यसैलाई मध्येनजर गरि सबै क्लबहरुको सहकार्यमा कार्यक्रम चलाएको उनले बताइन ।

बुटवल उपममहानगरपालिकाका स्वस्थ्य शाखाका सिद्धार्थ आचार्य, इनरह्वील क्लब अफ बुटवल जितगढीका अध्यक्ष गिता शर्माले कोभिडसंग डेगुको प्रकोप पनि देशभर देखिएको हुदा स्थानिय सरकारबाट सचेतना र रोकथामको उपायमा जोड दिनुपर्ने बताए ।

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलबार  ७ : ०६ बजे

खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर : ४८९ जनाले लिए सेवा

खजुरा । बाँकेको खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर

यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक

कास्की । पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा यात्रुमाथि अमर्यादित व्यवहार गर्ने ट्याक्सी

बुटवलको मेलामा विषादी बहस : घरघरका भान्छामा विष पाक्दै, नियामक निकाय मुकदर्शक

बुटवल । नियामक निकाय कमजोर भएकाले हरेका उपभोक्ताको भान्छामा विष

बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज वर्कसप’ क्याननमा

बुटवल । क्यानन माध्यमिक विद्यालयले बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज

स्कलर्स होमको ३४ औँ स्थापना दिवसमा १२ जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता हुँदै

बुटवल । स्कलर्स होम सेकेण्डरी स्कुलले आफ्नो ३४ औँ स्थापना