३१ जेष्ठ २०८३, आइतबार | June 14, 2026

नेपाल बंगलादेश मैत्रीपूर्ण फुटबल : अञ्जनको ह्याट्रिकमा नेपालको सानदार जित



काठमाडौं । बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा नेपालले सानदार जित निकालेको छ । मंगलबार दशरथ रंगशालामा भएको खेलमा स्टार स्ट्राइकर अञ्जन विष्टको ह्याटिङक मद्ददमा नेपालले बंगलादेशलाई ३-१ ले हरायो ।

नेपालका लागि तीनै गोल अञ्जनले गर्दा बंगलादेशका सजाद हुसेनले गोल गरेका थिए । नेपालले तीनै गोल पहिलो हफामा गरेको थियो भने बंगलादेशले दोस्रो हाफमा गरेको थियो ।

खेलको १७ औं मिनेटमा अञ्जनले नेपाललाई सुरुआती अग्रता दिलाए । उनले विमल घर्तिमगरको पासमा हेडिङमार्फत गोल गरेका थिए ।

यस्तै, अञ्जनले २६ औं मिनेटमा नेपलको अग्रता दोब्बर बनाए । यो पटक उनले तेज तामाङको प्रहार बंगलादेशी किपरले रोकेपछि आएको रिवाउन्डमा गोल गरेका थिए ।

३८ औं मिनेटमा अञ्जनले करिअरको ह्याट्रिक पुरा गरे । यो पटक उनले विशाल राईको फ्रिकिकमा ब्याक हेडिङ गर्दै गोल गरेका थिए । यो सँगै अञ्जनले राष्ट्रिय टिममा आफ्नो गोल संख्या १० पु¥याएका छन् । उनले बंगलादेशविरुद्ध नै ४ गोल गरेका छन् ।

५५ औं मिनेटमा सजाद हुसेनले गोल गर्दै बंगलादेशलाइ खेलमा फर्काउने प्रयास गरेपनि त्यसपछि गोल नहुँदा नेपाल विजयी भयो ।

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलबार  ७ : ४८ बजे

परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जादै

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल आज चारदिने औपचारिक भ्रमणका लागि

विश्वकप फुटबल : बराबरीमा टुंगियो ब्राजिल र मोरक्कोको खेल

काठमाडौं । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह ‘सी’ को

दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था

मुस्ताङ । लोघेकर दामोदरकुण्डस्थित धार्मिक तीर्थस्थल दामोदरकुण्ड दर्शन गर्न जाने

पश्चिमी न्यून चापीय रेखाको प्रभाव : देशका विभिन्न भागमा वर्षाको सम्भावना

काठमाडौं । हाल देशको उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय

प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यु

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको