२९ मंसिर २०८२, सोमबार | December 15, 2025

नेपाल बंगलादेश मैत्रीपूर्ण फुटबल : अञ्जनको ह्याट्रिकमा नेपालको सानदार जित



काठमाडौं । बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा नेपालले सानदार जित निकालेको छ । मंगलबार दशरथ रंगशालामा भएको खेलमा स्टार स्ट्राइकर अञ्जन विष्टको ह्याटिङक मद्ददमा नेपालले बंगलादेशलाई ३-१ ले हरायो ।

नेपालका लागि तीनै गोल अञ्जनले गर्दा बंगलादेशका सजाद हुसेनले गोल गरेका थिए । नेपालले तीनै गोल पहिलो हफामा गरेको थियो भने बंगलादेशले दोस्रो हाफमा गरेको थियो ।

खेलको १७ औं मिनेटमा अञ्जनले नेपाललाई सुरुआती अग्रता दिलाए । उनले विमल घर्तिमगरको पासमा हेडिङमार्फत गोल गरेका थिए ।

यस्तै, अञ्जनले २६ औं मिनेटमा नेपलको अग्रता दोब्बर बनाए । यो पटक उनले तेज तामाङको प्रहार बंगलादेशी किपरले रोकेपछि आएको रिवाउन्डमा गोल गरेका थिए ।

३८ औं मिनेटमा अञ्जनले करिअरको ह्याट्रिक पुरा गरे । यो पटक उनले विशाल राईको फ्रिकिकमा ब्याक हेडिङ गर्दै गोल गरेका थिए । यो सँगै अञ्जनले राष्ट्रिय टिममा आफ्नो गोल संख्या १० पु¥याएका छन् । उनले बंगलादेशविरुद्ध नै ४ गोल गरेका छन् ।

५५ औं मिनेटमा सजाद हुसेनले गोल गर्दै बंगलादेशलाइ खेलमा फर्काउने प्रयास गरेपनि त्यसपछि गोल नहुँदा नेपाल विजयी भयो ।

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलबार  ७ : ४८ बजे

अबको निर्वाचनपछि बन्ने सरकारको नेतृत्व गर्नेगरी अगाडि बढ्नुपर्छ : मन्त्री घिसिङ

धुलिखेल । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नयाँ शक्तिहरू

योजना आयोगको उपाध्यक्षमा डा प्रकाश श्रेष्ठ

काठमाडौँ । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा प्रकाशकुमार श्रेष्ठ

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष