७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

डब्लूटीओले गर्‍यो विश्वव्यापी मन्दीको संकेत,आर्थिक वृद्धि पुुनःजीवित पार्न आह्वान



जेनेभा । विश्व व्यापार संगठन (डब्लूटीओ) ले विश्वव्यापी मन्दीलाई संकेत गरेको छ । विभिन्न संकटका कारण देश विश्वव्यापी मन्दीतर्फ बढिरहेको डब्लूूटीओकी महानिर्देशक एनगोजी ओकोन्जो इबेलाले बताइन् । आर्थिक वृद्धिलाई पुुनःजीवित पार्न क्रान्तिकारी नीतिका लागि उनले आह्वान गरेकी छिन् । युक्रेन युद्ध, खाद्यान्न मूल्य, उर्जाको झट्का र कोभिड महामारीको परिणामले विश्व मन्दीको अवस्था सृजना गरेको छ ।

‘अब हामीले आगामी मन्दी जस्तो देखिने मौसमको सामना गर्नुपर्नेछ’, उनले जेनेभामा ग्लोबल ट्रेड निकायको वार्षिक सार्वजनिक फोरमको उद्घाटनमा भनिन्, ‘मलाई लाग्छ विश्वव्यापी मन्दी । मलाई लाग्छ हामी विस्तारै अगाडि बढ्दै गरेको पनि त्यही हो । तर, रिकभरीको लागि पनि हामीले सोच्न सुरु गर्नुुपर्छ । हामीले आर्थिक वृद्धि पुन जगाउनुपर्छ ।

उनले विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष दुबैले विश्वव्यापी वृद्धि प्रक्षेपणलाई घटाएको उल्लेख गरिन । व्यापार संख्याका सूचकहरू ‘धेरै राम्रो नदेखिएको’ उनले बताइन् । नाइजेरियाको पूर्व अर्थ र विदेशमन्त्री इबेलालो केन्द्रीय बैंकहरु कसिलो ठाउँमा रहेको बताउँदै अगाडिको मार्गमा थोरै छनौट रहेको बताइन् ।

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार  ७ : २८ बजे

प्रतिपक्षले बहिष्कार गरेपछि गण्डकी प्रदेश सभा बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित

पोखरा । गण्डकी प्रदेश सभाको बैठकमा प्रतिपक्षी बेन्च खाली भएपछि

गत वर्ष सडकमार्गबाट चार लाख पर्यटक मुस्ताङ पुगे

म्याग्दी । अघिल्लो वर्षको वैशाख १ देखि चैत ३० गतेसम्म

सुप्रिम सहकारी ठगी प्रकरण : अध्यक्ष गुरुङलाई जेल, ६ जनालाई धरौटीमा छोड्न आदेश

बुटवल । बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले

युएई एसीसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित

काठमाडौं । एसीसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत आज

कोशीमा संकल्प प्रस्ताव बहुमतले पारित, प्रस्तावको पक्षमा ५२ मत

विराटनगर । कोशी प्रदेशबाट संकल्प प्रस्ताव पारित भएको छ ।