६ बैशाख २०८१, बिहिबार | April 18, 2024

बुटवल उपमहानगरको योजना : मोतिपुरको क्षेत्रफल खुम्चाउनेदेखि प्रदेश बसपार्क निर्माण गर्नेसम्म



बुटवल । बुटवल उपमहानगरपालिकाले प्रस्तावित मोतिपुर औद्योगिक क्षेत्रको ८१३ बिगाहा जग्गालाई खुम्चाएर ५०० बिगाहामा सीमित गर्ने योजना अगाडि सारेको छ । औद्योगिक क्षेत्रको नाममा लागत कट्टी गरेर लालपुर्जा समेत निस्केको जमिनको क्षेत्रफल घटाएर भोकचलन गरिरहेका स्थानीयलाई फिर्ता गर्ने गरि उपमहानगरले कार्ययोजना सार्वजनिक गरेको हो ।

बुटवल उपमहानगरपालिकाले बुधबार गरेको नियमित पत्रकार सम्मेलनमा उपमहानगरको कार्ययोजना सार्वजकि गर्दै उपमहानगरले सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा)को स्तरोन्नति, कृषि बजार केन्द्र स्थापना, सूचना केन्द्र निर्माण, प्रदेशस्तरको बसपार्कजस्ता योजनाहरु प्रक्रियामा अघि बढाईएको जनाएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै उपमहानगर प्रमुख प्रमुख खेलराज पाण्डेयले बुटवललाई आर्थिक, स्वास्थ्य र शिक्षाका हिसाबले अग्रणी बनाउने गरी केही योजनाहरु अघि बढेको र ती योजनाले छिटै मुर्त रुप लिने बताए ।

‘हामीले बुटवलका मुख्य समस्या समाधान गर्दै केही ठूला योजनाहरु अघि बढाएका छौं, उनले भने –ती योजनाहरुमा बुटवल उपमहानगर, संघ, प्रदेश र अन्य केही दातृनिकायहरुको लगानी हुनेछ, त्यसका लागि हामीले केही योजनाको सम्झौता गरेर अरु प्रक्रिया अघि बढाएका छौं भने केही सम्झौता गर्ने र केही जग्गा प्राप्तिको प्रक्रियामा रहेका छन् ।’

आम्दा अस्पताल ३ सय बेडमा स्तरोन्नति हुने, नयाँ बसपार्कलाई स्थानान्तरण गरी बहुतले पार्किङस्थल निर्माण गर्ने, बुटवल ७ र ८ को धागो कारखाना अगाडिको २५ बिगाहामा बसपार्क निर्माण गर्ने, छाडा चौपाया व्यवस्थापनका लागि गौशाला सञ्चालन गर्ने जस्ता कामले बुटवललाई व्यवस्थित शहरको रुपमा स्थापित गर्ने उनले दाबी गरे ।

उनले शिक्षाका क्षेत्रमा आम्दा अस्पतालमा प्रवीणता प्रमाणपत्र तहको नर्सिङ, बुटवल टेक्निकल इन्स्टिच्युट (बीटीआई)मा सिभिल इन्जिनियरिङतर्फ स्नातक, अटो भिलेजमा स्नातक तहको अटो इन्जिनियरिङ कलेज स्थापनाका लागि प्रक्रिया अघि बढेको बताए ।

नगरप्रमुख पाण्डेयले बुटवल १५ सेमलारमा १९ बिगाहामा कृषि बजार केन्द्र, बुटवल ७ मा गौशाला व्यवस्थापन, वडा नं. १३ र १७ मा १६/१६ बेडका अक्सिजन सहितका दुई अस्पताल स्थापनाका लागि प्रक्रिया अघि बढेको पनि बताए ।

पत्रकारहरुको जिज्ञासाको जवाफ दिदै उहाँले बुटवलको मुख्य सडक निर्माणमा भएको अलमल समाधान गरी सडक निर्माणलाई निरन्तरता दिन अगुवाई गरेको, मोतीपुर औद्योगिक क्षेत्रको विवाद समाधान गर्नका लागि जग्गा यकिन गरी औद्योगिक क्षेत्र निर्माणका लागि अगुवाई गरिएको जनाए ।

उनले मोतीपुरमा रहेको अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्न ओदोगिक क्षेत्रको जग्गालाई ५०० बिगाहामा झारेर वर्षौ देखि बस्दै आएका स्थानीयबासीको समस्या समाधान खोजिने बताए ।

कार्यक्रममा बोल्दै उपप्रमुख सावित्रादेवी अर्यालले बुटवलको बजारलाई व्यवस्थित गर्नका लागि नियमित अनुगमन गरिरहेको र आगामी दिनमा थप कडाइका साथ नियम पालना गराइने बताइन् । उनले उपभोक्ताको अधिकार स्थापित गर्दै स्वच्छ र स्वस्थ खाद्यान्न उपलब्ध हुने गरी वातावरण तयार गर्नका लागि बुटवल उपमहानगर लागिपरेको बताइन् । उनले न्यायिक समितिले विवादमा मेलमिलाप र सहजीकरण गर्दै आएको पनि बताइन् ।

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार  ७ : २५ बजे

मुनाफा नभए पनि टेलिकमले दूरदराजमा गुणस्तरीय सेवा दिनुपर्छ : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकको समृद्धिमा

लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुले लिए शपथ

बुटवल । लुम्बिनी प्रदेशमा नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दीर्घ सोडारी नियुक्त

धनगढी । एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारी सुदूरपश्चिम

मधेश प्रदेशमा तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विहीवार मन्त्री परिषद

बुटवलको ड्रिम इन्टरनेशनल होटलले सर्वसाधारमा शेयर जारी गर्दै

बुटवल । बुटवलको ड्रिम इन्टरनेशनल होटलले साधारण शेयर (आईपीओ) जारी