८ बैशाख २०८१, शनिबार | April 20, 2024

पत्रकार सम्मेलनमा बुटवल उपमहानगर प्रमुख पाण्डेले एक पत्रकारलाई अपमानजनक शव्द प्रयोग गरेपछि विवाद



बुटवल । बुटवल उपमहानगरपालिकाले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा नगर प्रमुख र पत्रकारबीच विवाद भएको छ ।

एकजना पत्रकारको नगरप्रमुखले आफुलाई नकारात्मकरुपमा बुझेको प्रतिक्रियामा उपमहानगर प्रमुख पाण्डेले पत्रकारको समाचारमा अपमानजनक शब्द प्रयोग गरेपछि विवाद भएको हो ।

उपमहानगरपालिकाले स्थानीय तहको निर्वाचन पछि चार महिनाको अवधिमा भएका प्रगति सार्वजनिक गर्न बुधबार आयोजित पत्रकार सम्मेलनमा पत्रकार डिबी सुस्लिङले नगर प्रमुखले आफु र आफ्नो समाचारलाई नकारात्मकरुपमा बुझ्ने र लिने गरेको प्रतिक्रिया दिएकोमा नगर प्रमुख पाण्डेले ‘समाचार पढेर आफै लाज मान्नु पर्ने’ भनेपछि पत्रकारहरुले आपत्ति जनाएका थिए ।

उपमहानगर प्रमुख पाण्डेले अपमानजनक शब्द प्रयोग गरेको भन्दै प्रेस चौतारी नेपाल रुपन्देहीले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । चौतारीले विज्ञप्तिमार्फत आफ्ना कार्यसमिति सदस्य सुस्लिङप्रति भएको अपमानले स्वतन्त्र प्रेसप्रतिको सम्मानमा आँच पुगेको उल्लेख गरेको छ ।

अध्यक्ष लक्ष्मण पौडेलद्वारा जारी विज्ञप्तिमा पत्रकार सम्मेलन आयोजना गरिएको स्थलमै पत्रकार सुस्लिङलाई नगर प्रमुख जस्तो पदमा बसेको व्यक्तिले अनावश्यक लाञ्छना लगाउँदै अपमानजनक शब्द प्रयोग गर्नु गम्भीर विषय उल्लेख छ । ‘यसप्रति प्रेस चौतारी नेपाल रुपन्देही बुटवल उपमहानगर प्रमुखको उक्त कार्यप्रति गम्भीर आपत्ति प्रकट गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

उता बुटवल उपमहानगरका नगर प्रमुख पाण्डेले पत्रकारहरुलाई पत्रकार नै भएर भूमिका निभाउन आग्रह गरेका छन् । खबरकुरासँग कुरा गर्दै पाण्डेले आफुले पत्रकार र पत्रकारिताको सधैं सम्मान गर्ने जनाउँदै एकै व्यक्ति पार्टीको कार्यकर्ता र पत्रकार बन्न नहुने बताए । सकारात्मक आलोचनाको आफुले सधैं सम्मान र मनन् गर्ने जनाउँदै उनले व्यवसायीक पत्रकाररिता गर्न सुझाव दिए ।

पत्रकार सुस्लिङले उपमहानगर प्रमुखले आफुलाई नभएर पत्रकारिता क्षेत्रलाई नै प्रहार भएको बताए । उनले राज्यकै एउटा जिम्मेवार निकायबाट पत्रकार प्रति गरिएको व्यवहार र शब्द आपत्तिजनक रहेको बताए ।

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार  ७ : ३४ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल