२७ श्रावण २०८३, बुधबार | August 12, 2026

लमजुङमा चर्को भाडा असुल्ने चार गाडी प्रहरी नियन्त्रणमा



लमजुङ । लमजुङमा तोकिएकोभन्दा बढी भाडा लिने चार गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । लामो तथा छोटो दुरीका सवारी साधनले चाडपर्वको समयमा बढी भाडा लिने गुनासो आएपछि प्रहरीले चेकजाँचमा कडाइ गरेको हो ।

प्रहरीले बुधबार काठमाडौंबाट लमजुङ बेसिसहरका लागि छुटेका तीनवटा माइक्रोबस र एउटा बसलाई नियन्त्रण लिएको हो ।

काठमाडौंबाट लमजुङका लागि माइक्रो बसको भाडादर ७ सय १० रहे पनि प्रतिव्यक्ति १ हजार लिएको पाइएको छ । बस भाडा ६ सय ५० रहेकामा १ हजार लिएकाले कारबाहीका लागि पूर्वाधार विकास कार्यालय, यातायात शाखा लमजुङमा पठाइएको छ ।

१० हजारका दरले दुई माइक्रो बसका सञ्चालकले जरिवाना तिरेका छन् भने बाँकी दुई वटा सवारीसाधन कारबाहीको प्रक्रियामा रहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : १३ आश्विन २०७९, बिहिबार  ७ : ०० बजे

अमेरिकी खोप नीतिमा परिवर्तनप्रति डब्ल्यूएचओको आपत्ति

जेनेभा । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले संयुक्त राज्य अमेरिकामा बालबालिका

१५ बुँदे सङ्कल्पसहित एनआरएनएको ‘डब्लिन घोषणापत्र’ जारी

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को १७औँ युरोप क्षेत्रीय सम्मेलनले

सुत्केरीसहित दुई जनाको हवाई उद्धार, ज्यान जोगियो

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुबाट एक सुत्केरीसहित दुई जनाको नेपाली

एमाले बागमती संसदीय दलको नेता हटाउन अविश्वास प्रस्ताव दर्ता

हेटौंडा । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ

परराष्ट्र नीतिलाई सन्तुलित र परिणाममुखी बनाउनुपर्नेमा जोड

काठमाडौं । बदलिँदो अन्तरराष्ट्रिय तथा क्षेत्रीय परिवेशमा नेपालको परराष्ट्र नीतिको