२९ पुस २०८२, मंगलबार | January 13, 2026

दशैंँको मुखमा चामल बिक्री बन्द



सुर्खेत । खाद्य व्यवस्था व्यापार कम्पनीले हुम्लामा चामल बिक्री नै बन्द गरेको छ । चामल नभएको भन्दै जिल्लामा शाखासँगै गाउँमा रहेका डिपोमा चामल बिक्री ,वितरण बन्द गरिएको हो ।

दशैंँको लागि भन्दै सर्वसाधारण डिपो तथा शाखा कार्यालयमा चामलका लागि पुगे पनि रित्तो हात फर्कने गरेका छन् । अहिले आपत्कालीन समयमा भन्दै मौज्दात रहेको ७० क्विन्टल चामल शाखामा राखिएको छ ।

कम्पनीले आइतबार सार्वजनिक सूचना जारी गरी अति आवश्यक काममा मात्र प्रमुख जिल्ला अधिकारीको सिफारिसबाट चामल वितरण गरिने बताइएको भए पनि अहिले चामल अपुग भएको भन्दै उक्त काममा पनि चामल वितरण नगर्ने जनाइएको छ ।

सोमबार देखि नै चामल लिन कम्पनीको गोदाममा पुगेकी सिमकोट-६ की चादनी रोकायले चामल नपाइएपछि रित्तो हात फर्किनुपरेको बताइन । जिल्लाका अरू डिपो र बिक्री केन्द्रका गोदाम पनि गत असारयता खाली छन् ।

कर्णालीका अन्य ७ जिल्लामा भने सहुलियत मूल्यका पसल सञ्चालन गरी चामल विक्री भइरहेको छ ।

प्रकाशित मिति : १३ आश्विन २०७९, बिहिबार  ७ : ३२ बजे

नेपाली कम्युनिस्ट पार्टीका २ हजार ४९९ केन्द्रीय सदस्यले आज शपथग्रहण गर्दै

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का दुई हजार ४९९ जना

९८ वर्षीय उजिरद्वारा विद्यालयमा खानेपानीको धारा निर्माण

भोजपुर । भोजपुर नगरपालिका-१० का ९८ वर्षीय उजिरबहादुर प्रधानले भोजपुर

रौतहटमा धान उत्पादन घट्यो

रौतहट । गत असोज १७ देखि १९ गतेसम्म आएको अविरल

अन्नपूर्णको भुवाने देउरालीमा पाखो सम्माएर खेलमैदान निर्माण

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ घारको भुवाने देउरालीमा पाखो सम्याएर

भार्सेका कृषक व्यावसायिक किबीखेतीतर्फ आकर्षित

गुल्मी । व्यावसायिक किबीखेतीमा कृषकको आकर्षण बढ्दै बढेको छ ।