३१ जेष्ठ २०८३, आइतबार | June 14, 2026

पोखरा महानगरले आफ्नै भवनको अण्डरग्राउण्ड खाली गरायो, अब पार्किङका लागि प्रयोग गर्ने



पोखरा । पोखरा महानगरपालिकाले आफ्नै कार्यालयबाट भूमिगत पार्किङ प्रयोग सुरु गरेको छ ।

यसअघि अन्य प्रयोजनमा प्रयोग भैरहेको सिर्जनाचोकस्थित आफ्नो स्वामित्वमा रहेको भवनको अण्डग्राउण्ड खाली गरेर महानगरले पार्किङका लागि खुला गरेको हो । पोखराले नगर क्षेत्रभित्र भूमिगत पार्किङ राख्ने सहमतिका साथ सहुलियत लिएकाहरुको भुमिगत तला खाली गर्ने अभियान थालेको छ ।

कतिपय भवनहरूले प्रयोजन विपरीत प्रयोग गरिरहेको भेटिएको छ । त्यसका लागि महानगरले भदौ १३ गते पोखरामा रहेका भूमिगत पार्किङ स्थलहरूलाई पार्किङ प्रयोजन मै प्रयोग गर्न ३५ दिने सूचना जारी गरेको थियो । सूचनाको म्याद अझ केही दिन बाँकी छ । तर, व्यवसायीहरुले पार्किङ हटाएका छैनन् ।

मेयर धनराज आचार्यले सूचनाको म्याद सकिएपछि भुमिगत तला खाली गर्न आफै जाने बताए । ‘यो एउटा शुभारम्भ हो । पोखरामा जति पनि भूमिगत पार्किङ सहित निर्माण गरिएका घरहरू छन्, घर धनीहरूले यसलाई खाली गरेर पार्किङ कै लागी प्रयोग गर्नका लागि म अनुरोध गर्न चाहन्छु’ उनले भने, ‘सांकेतिक अभियान सबै नगरबासीले बुझिदिनुहोला ।’

पोखरा महानगरपालिका भित्र २ सय ५० बढी भवनमा भूमिगत पार्किङ स्थलहरू छन् । तर ति पार्किङ स्थल व्यापार र अन्य प्रयोजनमा प्रयोग भैरहेको छ ।

प्रकाशित मिति : १३ आश्विन २०७९, बिहिबार  ८ : ५९ बजे

परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जादै

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल आज चारदिने औपचारिक भ्रमणका लागि

विश्वकप फुटबल : बराबरीमा टुंगियो ब्राजिल र मोरक्कोको खेल

काठमाडौं । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह ‘सी’ को

दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था

मुस्ताङ । लोघेकर दामोदरकुण्डस्थित धार्मिक तीर्थस्थल दामोदरकुण्ड दर्शन गर्न जाने

पश्चिमी न्यून चापीय रेखाको प्रभाव : देशका विभिन्न भागमा वर्षाको सम्भावना

काठमाडौं । हाल देशको उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय

प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यु

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको