१५ बैशाख २०८१, शनिबार | April 27, 2024

पोखरामा साल्ट ट्रेडिङको दसैं बजार, १८ रुपैयाँमा नुनको मात्रै व्यापार



पोखरा । सुपथ मुल्यको सामान बेच्न सरकारले नै सन्चालन गरेको साल्ट ट्रेडिङ कर्पोरेसनको गण्डकी प्रदेश कार्यालयले यो वर्ष नुन मात्रै बेच्ने भएको छ ।

ट्रेडिङका अन्य शाखाहरुले उपभोग्य सामग्री सस्तोमा बेचिरहेका बेला पोखराले भने नुनबाहेक अरु नबेच्ने भएको छ ।

दसैं, तिहार र छठ पर्वका लागि हरेक वर्ष साल्ट ट्रेडिङले सुपथ सामग्री बेच्छ । यसअघि खसीबोकादेखि चामलसम्म विक्रि गरेको साल्टले अहिले नुन मात्रै बेच्न लागेको हो । चिनि र अन्य सामान आयात नहुँदा नुन मात्रै बेच्न लागिएको कार्यालय प्रमुख बासुदेव उपाध्यायले जानकारी दिए ।

प्रतिकिलो नुनको मुल्य १८ रुपैयाँ छ । प्रत्येकले ६ किलोका दरमा नुन खरिद गर्न सक्ने उनले बताए । ‘पहिले सुपथ मुल्याका पसल चलाएका थियौं । अहिले नुन मात्रै आयात भयो । चिनि र अरु सामान आएन,’ उनले भने, ‘यो दसैंमा नुन मात्रै बेच्छौं ।’ अघिल्लो वर्ष ३ किलो नुन र ३ किलो चिनि विक्री गरेको थियो ।

त्यसअघि चामल, गेडागुडी,नुन, तेल, चिनी, साबुन लगायत दैनिक उपभोग्य बस्तुहरु विक्री गथ्र्यो । बजारमा नै सामान सजिलै पाइने भएकोले आफुहरुले जोड नगरेको उनले बताए । चाडवाडमा बजाम महंगो हुने भएकोले कर्पोरेसनले नै सामान बेच्दा उपभोक्ताको विश्वास पाएको उनले सुनाए ।

प्रकाशित मिति : १३ आश्विन २०७९, बिहिबार  ९ : ५८ बजे

आज इलाम र बझाङमा उपनिर्वाचन

काठमाडौं । आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ । इलाम-२

कस्तो छ आजको मौसम ?

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र