१४ बैशाख २०८१, शुक्रबार | April 27, 2024

बुटवलमा नगर सरसफाई अभियान जारी, दोस्रो दिन गोलपार्कबाट अस्पताललाईनको सरसफाई



बुटवल । बुटवल उपमहानगरपालिकाले सरसफाई अभियान अन्तरगत गोलपार्कदेखि अस्पताल लाईनसम्मको सडकमा सरसफाई गरेको छ । चाडवाडलाई लक्षित गरेर उपमहानगरपालिकाले बुधबारदेखि तीन दिने सरसफाई अभियान सञ्चालन गरेको हो ।

सरसफाई अभियानअन्तरगत बसपार्क क्षेत्र, राजमार्ग, लुम्बिनी प्रादेशिक अस्पताल क्षेत्र, आम्दा अस्पताल क्षेत्र र सबै वडा कार्यालयहरुले वडा क्षेत्रभित्र सरसफाई गर्ने बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए । सरसफाईसँगै डेंगु नियन्त्रण अभियान र सचेतना अभियान सञ्चालन हुने उनले बताए ।

बुटवल नगरलाई सफा, सून्दर राख्नका लागि सबै नगरबासीको सकारात्मक भूमिका आवश्यक पर्ने भएकाले आफ्नो घर, टोल र नगर सफा राख्नका लागि उनले नगरबासीलाई आग्रह पनि गरे ।

अभियानअन्तरगत शुक्रबार अस्पताल लाईन र राजमार्ग चौराहादेखि योगीकुटीसम्मको सडक क्षेत्र सरसफाई गर्ने कार्यक्रम रहेको उपप्रमुख तथा नगरस्तरीय सरसफाई अनुगमन समिति संयोजक सावित्रादेवी अर्यालले जानकारी दिइन् ।

अभियानकै क्रममा सडक क्षेत्रका खाल्डाखुल्डी पुर्ने, नाली व्यवस्थित गर्ने प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताए ।

मुख्य सडकमा सञ्चालन हुने अभियानमा उपमहानगरपालिकाको सरसफाई टीम, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, सामाजिक संघ संस्था सहभागी हुने र वडाहरुमा वडास्तरीय टीमले अभियान सञ्चालन गर्ने वातावरण तथा अनुगमन महाशाखा प्रमुख तुल्सा अर्यालले जानकारी दिइन् ।

 

प्रकाशित मिति : १३ आश्विन २०७९, बिहिबार  ५ : २३ बजे

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग