४ आश्विन २०८३, आइतबार | September 20, 2026

बुटवलमा नगर सरसफाई अभियान जारी, दोस्रो दिन गोलपार्कबाट अस्पताललाईनको सरसफाई



बुटवल । बुटवल उपमहानगरपालिकाले सरसफाई अभियान अन्तरगत गोलपार्कदेखि अस्पताल लाईनसम्मको सडकमा सरसफाई गरेको छ । चाडवाडलाई लक्षित गरेर उपमहानगरपालिकाले बुधबारदेखि तीन दिने सरसफाई अभियान सञ्चालन गरेको हो ।

सरसफाई अभियानअन्तरगत बसपार्क क्षेत्र, राजमार्ग, लुम्बिनी प्रादेशिक अस्पताल क्षेत्र, आम्दा अस्पताल क्षेत्र र सबै वडा कार्यालयहरुले वडा क्षेत्रभित्र सरसफाई गर्ने बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए । सरसफाईसँगै डेंगु नियन्त्रण अभियान र सचेतना अभियान सञ्चालन हुने उनले बताए ।

बुटवल नगरलाई सफा, सून्दर राख्नका लागि सबै नगरबासीको सकारात्मक भूमिका आवश्यक पर्ने भएकाले आफ्नो घर, टोल र नगर सफा राख्नका लागि उनले नगरबासीलाई आग्रह पनि गरे ।

अभियानअन्तरगत शुक्रबार अस्पताल लाईन र राजमार्ग चौराहादेखि योगीकुटीसम्मको सडक क्षेत्र सरसफाई गर्ने कार्यक्रम रहेको उपप्रमुख तथा नगरस्तरीय सरसफाई अनुगमन समिति संयोजक सावित्रादेवी अर्यालले जानकारी दिइन् ।

अभियानकै क्रममा सडक क्षेत्रका खाल्डाखुल्डी पुर्ने, नाली व्यवस्थित गर्ने प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताए ।

मुख्य सडकमा सञ्चालन हुने अभियानमा उपमहानगरपालिकाको सरसफाई टीम, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, सामाजिक संघ संस्था सहभागी हुने र वडाहरुमा वडास्तरीय टीमले अभियान सञ्चालन गर्ने वातावरण तथा अनुगमन महाशाखा प्रमुख तुल्सा अर्यालले जानकारी दिइन् ।

 

प्रकाशित मिति : १३ आश्विन २०७९, बिहिबार  ५ : २३ बजे

राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न रास्वपाको निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संयुक्त राष्ट्रसङ्घको महासभामा भोटेकोशी

जलवायु न्याय खोज्दै मनास्लु आधार शिविरमा बसेका युवाको अनशन स्थगित

गोरखा । मनास्लु आधारशिविरमा युवाहरुले तीन दिनदेखि गरेको आमरण अनशन

बुटवलमा मंसिर २६ र २७ गते दोस्रो मगर साहित्य महोत्सव हुँदै

बुटवल । मगर समुदायको भाषा, साहित्य र कलाको पहिचान गर्दै

देवानगन्ज घटना : घाइते यादवको शरीरबाट गोली निकालियो

सुनसरी । सुनसरीको देवानगन्जमा गोली प्रहारबाट घाइते भएका २४ वर्षीय

च्यासलमा एमाले सचिवालय बैठक

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा