२९ चैत्र २०८२, आइतबार | April 12, 2026

मोहमद हत्यामा सङ्लग्न रहेको आरोपमा पक्राउ तीन जनालाई प्रहरीद्वारा सार्वजनिक



काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारस्थित एडभेञ्चर इन्टरप्राइजेज गार्मेन्ट उद्योगका सञ्चालक सर्लाहीका ५८ वर्षीय मोहम्मद दर्जीको हत्यामा सङ्लग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । ।

यही असोज ३ गते राति मोटरसाइकलमा आएका एक समुहले गोली प्रहार गरी उनको हत्या गरेर फरार भएका थिए ।

उक्त घटनाका सम्बन्धमा प्रहरीको विशेष टोलीद्वारा अनुसन्धानका विधि र प्रविधि प्रयोग गरी अनुसन्धान गर्ने क्रममा उक्त घटनामा सङ्लग्न रहेको खुलेपछि उनीहरुलाई पक्राउ गरिएको काठमाडौँ उपत्यका प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भरतकुमार बोहराले जानकारी दिए ।

उहाँका अनुसार पक्राउ पर्नेमा पर्साको वीरगञ्जका २१ वर्षीय महोरम मिया, सोही जिल्लाका १९ वर्षीय रेहान मिया र मकवानपुरको बकैया घर भइ काठमाडौँ बस्ने सुमी भन्ने सुस्मिता स्याङ्तान छन् । उनीहरुमध्ये महोरम र रेहान भने सो घट्नाका योजनाकार र हतियार व्यवस्थापक रहेको खुल्न आएको छ । स्याङतान भने दर्जीको गतिविधि निगरानी गर्ने कार्यमा सङ्लग्न रहेको पाइएको छ । उनीहरु यसअघि चोरी मुद्दामा दोषी ठहर भइ कैद भुक्तान गरेका व्यक्ति खुलेको छ । उनीहरु विरुद्ध ‘मुलुकी अपराधसहिता २०७४को परिच्छेद–१२ को ज्यान सम्बन्धी कसूर’ मा जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १४ आश्विन २०७९, शुक्रबार  ८ : ५१ बजे

चर्को आलोचनापछि सरकारले छोड्यो युट्युबर रोशन पोख्रेललाई

काठमाडौं । युट्युबर रोशन पोख्रेल हाजिर जमानीमा रिहा भएका छन्

पाल्पामा बन्द रहेको अक्सिजन प्लान्ट पुनः सञ्चालन

पाल्पा । यहाँ दुई वर्षदेखि बन्द रहेको अक्सिजन प्लान्ट पुनः

राप्रपाभित्र विवाद चर्कियो, लिङ्देन नेतृत्व भंग गर्न असन्तुष्ट पक्षको माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र आन्तरिक विवाद चर्किएको

कांग्रेस संसदीय दलको नेता वैशाख ४ मा चयन हुने

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा संसदीय दलको नेता आगामी वैशाख

जैविक विविधता र वनस्पति संरक्षणमा वातावरणमन्त्रीको जोड

काठमाडौं । वन तथा वातावरणमन्त्री गीता चौधरीले वन पैदावारको उपयोग