३१ जेष्ठ २०८३, आइतबार | June 14, 2026

नवरात्रको छैठौँ दिन : कात्यायनीको पूजा आराधना गरिँदै



काठमार्डां । आज नवरात्रको छैठौँ दिन, आज नवदुर्गा मध्येकी कात्यायनी देवीको पूजा आराधना गरिँदैछ। नवरात्रमा प्रत्येक दिन नवदुर्गाका एक–एक स्वरूपाको आराधना गर्ने परम्परा अनुरूप आज परेको आश्विन शुक्ल षष्टी तिथिमा कात्यायनीको पूजा–आराधना गरिने गरिएको हो।

देवीपुराणअनुसार कात्यायन ऋषिको कठोर तपस्याबाट प्रसन्न भएकी भगवतीले उनलाई पुत्रीको रूपमा जन्म लिने वचन दिइन् । महिषासुर नामक दैत्यको विनाशका लागि ब्रह्मा, विष्णु र महेश्वरको अंशबाट देवी उत्पन्न भएको तीनै देवीबाट महिषासुर दैत्यको अन्त्य भएको पुराणमा उल्लेख छ। यिनै कात्यायन ऋषिद्वारा पूजित भएकीले यिनको नाम कात्यायनी भएको हो।

सिंहवाहिनी कात्यायनीले महिषासुरको वध गरेको दुर्गा सप्तशतीमा पढ्न सकिन्छ। चार हातमध्ये दुई हातमा तरबार, कमल पुष्प लिएकी र दुई हातले अभय र वरद मुद्रा प्रदर्शन गरेकी कत्यायनी देवीको वर्णन गरिएको छ। यिनको आराधनाबाट सम्पूर्ण संकट नाश हुने धामिृक विश्वास रहँदै आएको छ

नवरात्रभर देशका विभिन्न शक्तिपीठहरूमा दर्शन गर्ने भक्तजनको घुइँचो लाग्ने गर्छ । विशेषगरी काठमाडौंको नक्साल भगवती, शोभा भगवती, भद्रकाली, भक्तपुरको नाला भगवती, काभ्रेको पलाञ्चोक भगवती, ताप्लेजुङको पाथीभारा, धरानको दन्तकाली, गोरखाको मनकामना, सप्तरीको छिन्नमस्ता, पोखराको विन्ध्यावासिनी, भोजपुरको सिद्धकाली मन्दिरमा विशेष पूजा आराधना हुने गर्छ ।

प्रकाशित मिति : १५ आश्विन २०७९, शनिबार  ८ : ०५ बजे

बुटवलमा ‘रिभोलुसन डान्स प्रतियोगिता २०८३’ हुने, विजेताले पाउनेछन् ५५ हजार बढी नगद

बुटवल । युवा प्रतिभाको प्रस्फुटन तथा नृत्यकलाको प्रवर्द्धन गर्ने उद्देश्यले

स्थानीय र प्रदेशसभा निर्वाचनका लागि एमालेको ‘मिसन जागरण अभियान’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले स्थानीय र प्रदेश तहको

विश्वकप फुटबल : २८ वर्षपछि पुनरागमन गरेको स्कटल्याण्डले हाइटीलाई हरायो

काठमाडौं । हाइटीलाई पराजित गर्दै स्कटल्याण्डले फिफा विश्वकप फुटबल प्रतियोगिता

परराष्ट्रमन्त्री खनाल चीन प्रस्थान

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा

बन्द हुँदै चिया उद्योग, समस्यामा किसान

इलाम । भारतले नेपाली चियामा कडाइ गरेपछि इलामको सूर्योदय क्षेत्रका