३ जेष्ठ २०८३, आइतबार | May 18, 2026

‘गल्छी–देवीघाट’ सडक अठ्ठाइस घण्टापछि सञ्चालनमा


१५ आश्विन २०७९, शनिबार  

104
Shares

त्रिशुली । ‘गल्छी–रसुवागढी सडक योजना’ अन्तर्गत नुवाकोटको बेलकोटगढी नगरपालिका–७ बुधसिंहमा पहिरो गएर अबरुद्ध भएको सडक शुक्रबार रातिदेखि सञ्चालनमा आएको छ ।

बिहीबार अपराह्न सुक्खा पहिरो गएसँगै अवरुद्ध भएको सडक २८ घण्टापछि सञ्चालनमा आएको ‘गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी योजना’को कार्यालयका निमित्त प्रमुख रामबिहारी चौधरीले जानकारी दिए ।

उनका अनुसार चारवटा हेभी उपकरणको सहायताले लगातार १४ घण्टाको प्रयासमा सडक सुचारु गरिएको हो । “सडक माथिबाट आएको ढुङ्गामाटो पन्छाएर तत्कालका लागी सडक खुला गरिएको छ”, चौधरीले भने, “थप पहिरोको जोखिम कायमै भएकाले आउजाउ गर्दा सावधानी अपनाउनुपर्दछ ।”

अवरुद्ध भएको २८ घण्टापछि सडक सुचारु भएसँगै नुवाकोट र रसुवाको गन्तव्यमा जान रोकिएका सवारी साधन सञ्चालनमा आएको ट्राफिक प्रहरी कार्यालय नुवाकोटका प्रमुख गुणनिधि खकुरेलले जानकारी दिए । उनको अनुसार अझै पनि उक्त स्थानमा पहिरेको जोखिम देखिएकाले ट्राफिक प्रहरीको उपस्थितीमा जोखिम अबस्था हेरेर सवारीसाधन आउजाउ गराइएको छ ।

‘गल्छी–देवीघाट सडक खण्ड’ अन्तर्गत पर्ने उक्त स्थानमा गएको वर्ष ठूलोभिर काटेर ‘गल्छी–रसुवागढी सडक योजना’अन्तर्गतको दाँयाबाँया ११ मिटरको व्यवस्थित सडक निर्माण गरिएको थियो । सोही समयमा पनि पहिरो गएकाले आकस्मिक नियन्त्रणको काम गरे पनि त्यो प्रभावहीन देखिएको हो ।

“सडकको करिब पाचसय मि माथिबाट खसेको सुक्खा पहिरोले दायाँबायाँ दुईसय मि सडक जोखिम बनाएको छ ।” योजना कार्यालयका निमित्त प्रमुख चौधरीले भने, “सडकतल त्रिशूली नदी छ । अन्य वैकल्पिक सडक नभएकाले पहिरो रोकथामको लागि विशेष योजना सञ्चालन गर्न रिपोर्ट तयार गर्ने छौँ ।”

‘गल्छी–रसुवागढी सडक योजना’ विस्तारको क्रममा गल्छी, जिलिङ र तिरतिरे भिरमा ठूलो पहिरो उत्पत्ति भएकाले त्यहाँ थप ठेक्का लगाएर नियन्त्रणको काम भइरहेको छ ।

प्रकाशित मिति : १५ आश्विन २०७९, शनिबार  १२ : २० बजे

कांग्रेसको केन्द्रीय लेखा समितिमा तीन सदस्य मनोनयन

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको केन्द्रीय लेखा समितिमा तीन सदस्य

अण्डाको उत्पादन घट्यो, मूल्य बढ्यो

चितवन । गर्मी मौसमसँगै अण्डाको उत्पादन घट्दा मूल्य बढेको छ

प्रधानमन्त्रीद्वारा कीर्तिमानी आरोही शेर्पाद्वयप्रति सम्मान

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले ३२औँ पटक सगरमाथाको सफल आरोहण

जलवायु परिवर्तनका कारण विश्वका नदीहरूमा अक्सिजन तीव्र रूपमा घट्दै

बेइजिङ । नयाँ अध्ययनले जलवायु परिवर्तनका कारण विश्वभरका नदीहरूमा अक्सिजनको

स्वीकृत विदेशी लगानीको १४ प्रतिशत मात्रै भित्रियो

काठमाडौं । नेपालमा स्वीकृत विदेशी लगानीको तुलनामा वास्तविक भित्रिने रकम