३ जेष्ठ २०८३, आइतबार | May 18, 2026

टुँडिखेलमा फूलपाती बढाइँमा राष्ट्रपति सहभागी हुने



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी नेपाली सेनाद्वारा आइतबार दिउँसो सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने फूलपाती बढाइँ समारोहमा प्रमुख अतिथिका रुपमा सहभागी हुने भएकी छिन् । राष्ट्रपति नेपाली सेनाको परमाधिपति रहन्छन् ।

बढाइँ कार्यक्रममा सैनिक हेलिकप्टरद्वारा पुष्पवृष्टिका साथै राष्ट्रिय गीत र दुर्गा भजनको धुन प्रस्तुत गर्ने कार्यक्रम छ । सो अवसरमा सेनाले परेड प्रस्तुत गर्नाका साथै फूलपाती बढाइँअन्तर्गत राइफलबाट लहरे र एकठ्ठा तथा तोपबाट पनि बढाइँ गर्नेछ । परेडमा दुर्गायन्त्रको चिह्न बनाएर प्रस्तुत गरिने छ ।

कोभिड–१९ को सङ्क्रमणका कारण अघिल्लो वर्ष फूलपाती बढाइँ धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिने उद्देश्यले साङ्केतिकरूपमा मात्र आयोजना गरिएको थियो । बडादसैँको सप्तमी अर्थात् फूलपातिका दिन सेनाले सैनिक मञ्चमा हर्षोल्लासरुपमा फूलपाति बढाइँ गर्ने पहिले देखिनकै चलन हो । गोर्खाबाट ल्याइएको जमरा र फूलपाती हनुमान ढोकाको दसैँ घरमा भित्र्याउने साइत मिलाएर टँुडिखेलमा फूलपाती बढाइँ गरिन्छ । नेपाली सेना मुलुकको प्रमुख सुरक्षा अङ्ग हो । टुँडिखेलको बढाइँ सकिएपछि आवश्यकमात्रामा जनशक्ति राखेर अरुलाई दसैँ बिदामा जान अनुमति दिने सेनामा चलन छ । सेनाको अहिले सङ्गठन प्रमुखमा प्रभुराम शर्मा छन्।

फूलपाती समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत विशिष्ट महानुभावलाई आमन्त्रण गरिको छ । सैनिक मञ्चको बढाइँ हेर्न टुँडिखेल वरपर नरनारीको पनि बाक्लो उपस्थिति हुने गर्छ ।

प्रकाशित मिति : १५ आश्विन २०७९, शनिबार  २ : ५० बजे

कांग्रेसको केन्द्रीय लेखा समितिमा तीन सदस्य मनोनयन

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको केन्द्रीय लेखा समितिमा तीन सदस्य

अण्डाको उत्पादन घट्यो, मूल्य बढ्यो

चितवन । गर्मी मौसमसँगै अण्डाको उत्पादन घट्दा मूल्य बढेको छ

प्रधानमन्त्रीद्वारा कीर्तिमानी आरोही शेर्पाद्वयप्रति सम्मान

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले ३२औँ पटक सगरमाथाको सफल आरोहण

जलवायु परिवर्तनका कारण विश्वका नदीहरूमा अक्सिजन तीव्र रूपमा घट्दै

बेइजिङ । नयाँ अध्ययनले जलवायु परिवर्तनका कारण विश्वभरका नदीहरूमा अक्सिजनको

स्वीकृत विदेशी लगानीको १४ प्रतिशत मात्रै भित्रियो

काठमाडौं । नेपालमा स्वीकृत विदेशी लगानीको तुलनामा वास्तविक भित्रिने रकम