११ असार २०८३, बिहिबार | June 25, 2026

आगामी निर्वाचनमा प्रतिगमन विरोधी शक्तिलाई मत दिन प्रचण्डको अपील



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा प्रतिगमन विरोधी शक्तिलाई मत दिन अपील गरेका छन् ।

दशैं, तिहार, नेपाल संवत्, छठ लगायतका चाडपर्वको उपलक्ष्यमा आज शुभकामना दिँदै प्रचण्डले निर्वाचनमा प्रतिगमन विरोधी शक्तिलाई मत दिन अपील गरेका हुन् । प्रचण्डले भनेका छन्, ‘सांस्कृतिक पर्वहरुको श्रृङ्खला भित्र अब हामी प्रादेशीक र संघीय निर्वाचनको संघारमा पनि छौं । आगामी मंसिर ४ गते हुनगइरहेको यस निर्वाचनमा प्रतिगमन विरोधी शक्तिलाई मत दिई संविधान, गणतन्त्र, संघीयताको रक्षा र सुदृढीकरणका लागि विजय गराउनुहुन आम जनसमुदायमा हार्दिक अपील गर्दछु ।’

अध्यक्ष प्रचण्डले असत्य माथिको सत्यको विजयका रुपमा मनाइने नेपाली सांस्कृतिक पर्वहरुले सबैमा उत्साह, उमंग र राष्ट्रियताको जगेर्ना गर्ने उत्प्रेरणा पैदा गरोस् भन्ने कामना पनि व्यक्त गरेका छन् ।

प्रचण्डले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक एवं बहुधार्मिक मुलुक भएको बताउँदै नेपालीहरुको मौलिक विशेषता भनेकै विविधतामा एकता भएको उल्लेख गरेका छन् ।

विज्ञप्तिमा उनले भनेका छन्, ‘हाम्रा सबै प्रमुख चाडहरुका आ–आफ्नै पृष्ठभूमि, मौलिकता र मूल्यहरु छन् । देशको भाषा, संस्कृति र सभ्यताहरुको संरक्षण गर्दै तिनको समृद्धिमा लाग्नु हामी सबैको दायित्व हो । हाम्रा यिनै सांस्कृतिक पर्वहरुले नेपाली समाजमा आपसी सहिष्णुता र भावनात्मक एकता पैदा गर्ने विश्वास लिएको छु ।’

प्रकाशित मिति : १६ आश्विन २०७९, आइतबार  ७ : २९ बजे

पतञ्जली जग्गा प्रकरण : माधव नेपाल क्याविनेटका मन्त्रीहरूलाई बकपत्र गराउन आदेश

काठमाडौं । पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा सट्टापट्टा

श्रम तथा व्यवसायजन्य सुरक्षा विभागद्वारा निजी अस्पताल र बैंकको अनुगमन

काठमाडौं । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले विभिन्न निजी अस्पताल,

देशभरका २६ लाख किसानको सूचीकरण सम्पन्न

काठमाडौँ । किसान सूचीकरण प्रणालीमा अहिलेसम्म देशभरका २६ लाख किसान

सैन्य अभ्यासका क्रममा एक जना सैनिक जवानको मृत्यु

कैलाली । लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका क्रममा

नेप्से परिसूचक आठ अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज