२१ मंसिर २०८२, आइतबार | December 7, 2025

‘सुदूरपश्चिम राजधानी कप राष्ट्रिय फुटबल प्रतियोगिता’को उपाधि लुम्बिनी प्रदेशलाई



धनगढी । कैलालीको धनगढीमा सम्पन्न ‘सुदूरपश्चिम राजधानी कप राष्ट्रिय फुटबल प्रतियोगिता’को उपाधि लुम्बिनी प्रदेशले हात पार्न सफल भएको छ । शनिबार साँझ धनगढी रङ्गशालामा भएको फाइनल खेलमा लुम्बिनी प्रदेशले कर्णाली प्रदेशलाई सडनडेथमा पराजित गर्दै उपाधि जितेको हो ।

लुम्बिनीले कर्णालीलाई सडनडेथमा १०–९ गोलले पराजित गरेको छ। यसअघि निर्धारित समयमा दुवै टोलीले आत्मघाती गोल गर्दै एक–एकको बराबरी खेलेका थिए ।

उपाधि हात पारेसँगै लुम्बिनी प्रदेशले पाँच लाखसहित ट्रफी, मेडल प्राप्त गरेको छ भने उपविजेता कर्णाली प्रदेशले तीन लाखसहित ट्रफी, मेडल प्राप्त गरेको छ । प्रतियोगितामा लुम्बिनी प्रदेशका फागुराम चौधरीले उत्कृष्ट खेलाडी घोषित भए अनुसार २० हजार प्राप्त गरेका छन् ।

यस्तै उत्कृष्ट गोल रक्षक लुम्बिनी प्रदेशका चेतन थारू, उत्कृष्ट गोलरक्षक कर्णाली प्रदेशका सुदीप शाही ठकुरी, उत्कृष्ट प्रशिक्षक कर्णाली प्रदेशका चन्द्रप्रकाश शाही उत्कृष्ट मिडफिल्डर कर्णाली प्रदेशका भुपेन्द्र शाही घोषित भए । उनीहरूले जनही १०–१० हजार प्राप्त गरेका छन् ।

पिएफए स्पोर्टस क्लब अत्तरियाको आयोजनामा भएको प्रतियोगितामा देशका पाँच टिमले प्रतिस्पर्धा गरेका थिए ।

प्रकाशित मिति : १६ आश्विन २०७९, आइतबार  ९ : २६ बजे

मधेशका मुख्यमन्त्रीको शपथग्रहण आज

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद

धादिङको चालिसेमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु, ६८ घाइते

काठमाडौं । धादिङको धुनीवेशी नगरपालिका-६, चालिसेमा भएको भीषण सवारी दुर्घटनामा

गोवाको एक नाइट क्लबमा भीषण आगलागी हुँदा २५ जनाको मृत्यु

गोवा । भारतको गोवास्थित एक चर्चित नाइट क्लबमा भीषण आगलागी

बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत मर्मतपछि सञ्चालनमा

काठमाडौं। नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा रसुवामा

आज अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस

काठमाडौं । ‘सुरक्षित आकाश’ नाराका साथ आज अन्तरराष्ट्रिय नागरिक उड्डयन