२९ मंसिर २०८२, सोमबार | December 16, 2025

एमाले मधेश प्रदेशको जिम्मेवारीमा हेरफेर, महोत्तरीमा बढ्यो विवाद



महोत्तरी । नेकपा एमाले मधेश प्रदेशले निर्वाचनलाइ केन्द्रित गरी जिम्मेवारीमा हेरफेर गरेको छ । जिल्ला र प्रदेशमा हेरफेर गरिएको जिम्मेवारीमा केही नेताहरुले असन्तुष्टि जनाएता पनि सवै जिल्लामा समबन्धित नेतालाइ पत्र पठाइसकेको नेकपा एमाले मधेश प्रदेशले जनाएको छ ।

जिल्लामा पठाएका पत्रमध्ये महोत्तरीको क्षेत्र १ मा असन्तुष्टि चुलिएको छ । पार्टीमा पुर्‍याएको योगदान र कार्यक्षमता हेरेर जिम्मेवारी दिएको दावी गरेता पनि असन्तुष्ट केही नेताहरुले त्यसो विरोध गरेका छन् ।

क्षेत्र न।१ को क्षेत्रीय इन्चार्ज केदार बहादुर कार्कीलाइ दिइएको छ भने क र ख तर्फ क्रमशः चन्द्र बहादुर क्यापछाकी र शंकर महतोलाइ तोकिएको छ ।

यसैगरी अखिल नेपाल महिला संघ मधेश प्रदेश प्रमुखमा शरदादेवी थापालाइ दिएको छ । थापा क्षेत्र नबर १ क बाट २०७४ को निर्वाचनमा प्रदेशसभामा निर्वाचित जनप्रतिनिधि हुन् ।

त्यस्तै, उत्पीडित जातीय मुक्ति समाज मधेश प्रदेश प्रमुखमा शान्त परियारलाइ मनोनित गरिएको छ भने भानुभक्त पोखरेललाइ जनसांस्कृतिक महासंघ मधेश प्रदेश प्रमुखमा, गोपाल प्रसाद बराललाइ प्रेस चौतारी नेपाल मधेश प्रदेश प्रमुखमा र गुन्ज खडकालाइ सुकुम्बासी, भूमि अधिकार र श्रमिक संघको नेतृत्व दिइएको छ ।

प्रदेशवाट निर्णयभएसँगै शनिबार बेलुका प्रदेश इन्चार्ज रघुवीर महासेठले जिल्लाका एकरएक जना प्रतिनिधि बोलाएर अध्यक्ष राम औतार यादवले हस्ताक्षर गरेको पत्र हस्तान्तरण गरेका छन् ।

प्रकाशित मिति : १७ आश्विन २०७९, सोमबार  ४ : ११ बजे

बाँकेका किस्मत कक्षपतीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

खजुरा । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा एमाले बाँकेका

एमाले महाधिवेशनमा ओली र पोखरेल प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको