१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

घाइते भए बुमराह, टि २० विश्वकप गुमाउने



काठमाडौं । विश्वकै उत्कृष्ट बलरमध्येका एक जस्प्रित बुमराहले यसै महिला अस्टेलियामा हुने टि-२० विश्वकप गुमाउने भएका छन् ।

गत महिना भएको एसिया कप क्रिकेट मार्फत नै चोटमुक्त हुँदै टिममा फर्किएका बुमराह फेरि चोटग्रस्त बनेपछि बुमराहले विश्वकप गुमाउने भएका हुन् ।

बुमराहको गम्भीर किसिमको ढाडको समस्याका कारण देखिएको छ । बिसिसिआईका अनुसार उनी ४ देखि ६ महिना मैदान बाहिर रहने छन् ।

भारतका प्रमुख डेथ ओभर र योर्कर स्पेलिष्ट बलर नहुँदा दोस्रो विश्वकप उपाधि जित्ने योजनामा रहेको भारतलाई ठूलो धक्का लागेको छ ।

२०१६ मा भारतका लागि डेब्यू गरेका उनी पछिल्लो एक वर्ष भने चोटसँग संघर्ष गरिरहेका छन् । बुमराहको गत मंगलबार अभ्यासका क्रममा ढाडको समस्या बल्झिएको हो ।

यसअघि चोटका कारण भारतका प्रमुख अलराउन्डर रवीन्द्र जडेजाले पनि टी-२० विश्वकप गुमाइसकेका छन् ।

प्रकाशित मिति : १८ आश्विन २०७९, मंगलबार  ७ : ३० बजे

काठमाडौंमा फेरी बढ्यो वायु प्रदूषण

काठमाडौं । काठमाडौं उपत्यकाको वायु प्रदूषण फेरी अब्धेको छ ।

बुटवलमा हुने हाफ् म्याराथन प्रतियोगिताको आवेदन खुला

बुटवल । जननेता मदन भण्डारीको ३१ औं स्मृति दिवस पारेर

पाकिस्तानी दूतावासद्वारा नेपाली विद्यार्थीहरुलाई एम्बेसडर अफ पाकिस्तान छात्रवृत्ति प्रदान

काठमाडौं । नेपालस्थित पाकिस्तानी राजदूतावासले नेपालका विभिन्न सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई

लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै

काठमाडौं । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत

फ्राइडे रिलिज : आजबाट चलचित्र ‘बोक्सीको घर’ प्रदर्शन

काठमाडौं । नेपाली कथानक चलचित्र ‘बोक्सीको घर’ आजबाट प्रदर्शन भएको