१५ चैत्र २०८०, बिहिबार | March 28, 2024

बागेश्वरीका मुल महन्तबाट ८ महिनाकी गर्भवती महिलामाथि हातपात



नेपालगन्ज । नेपालगन्जमा अवस्थित बागेश्वरी मन्दिरका मुल महन्त चन्दननाथ योगीले मन्दिर दर्शन गर्न आएकी गर्भवती महिलामाथि हातपात गर्नुका साथै दुर्व्यवहार गरेका छन् । सोमबार साँझ बागेश्वरीको आरतीमा सरिक हुन पुगेकी नेपालगन्ज १२ कोरियनपुरकी ८ महिनाकी गर्भवती सरिता पाठकमाथि मुल महन्त योगीले हातपात गर्नुका साथै दु्र्व्यवहार गरेका हुन् ।

मन्दिर दर्शनका लागि पुर्वी ढोकाबाट प्रवेश गर्नेक्रममा ढोकामा उभिएका महन्तले ढकेलेर ढोका बाहिर लडाईदिएको पीडित सरिताका श्रीमान पंकज मिश्रले बताएका छन् । महन्तले ढकेलेर ढल्न पुगेकी सरितालाई उनकी नन्द पुनम मिश्रले बचाएको पंकजले बताए । उग्ररुपमा प्रस्तुत भएका मुल पुजारी योगीले दर्शनार्थीहरुलाई अपशब्द प्रयोग गर्दै गालीगलौज गरेको र बल प्रयोग गर्दै हातपात समेत गरेको मिश्रले बताए । ‘बहिनीले थामेकीहुनाले मेरी श्रीमती बचिन, अन्यथा गर्भवती श्रीमतीलाई जे पनि हुन सक्थ्यो ।’ उनले भने ।

महन्तको ज्यादतीका विरुद्ध मिश्रले कानुनी उपचार खोज्ने बताएका छन् । महिला त्यसमाथि पनि गर्भवती माथि महन्तबाट भएको ज्यादती विरुद्ध कानुनी उपचार खोज्ने मिश्रले बताए ।

महन्तको दादागिरि बागेश्वरीमा यो नै पहिलो होइन । यस अघि पनि समाचार संकलन गर्न गएका पत्रकारहरुलाई ढकेलेर निकाल्ने, पुजा गर्न लाईनमा बसेका भक्तहरुलाई गालीगलौज गर्ने र आफ्नै मातहतका सहायक पुजारीहरुमाथि अपशब्द प्रयोग गर्ने गरेको गुनासो आउने गरेको छ । वरिष्ठ पत्रकार जे पाण्डे देखि पत्रकार गोपी बुढा, खबरकुरा सम्पादक शरण कर्माचार्य लगायतका पत्रकार महन्तको आक्रमणमा परिसकेका छन् ।

हण्डी बापत बागेश्वरीको जग्गा बुझेर पनि मन्दिरको नाममा रहेको ८३ बिगाहा बढी जग्गालाई राजगुठीबाट रैतान नम्बरीमा परिणत गर्दै जग्गा बेचेर मन्दिरको जग्गा अपचलन गरेको विषयमा महन्त माथिको अनुसन्धान अख्तियारले गरिरहेको छ । मन्दिरमा पटक पटक चढाईएको सुनचाँदी जस्ता भेटीमाथि पुजारीले हिनामिना गर्ने गरेको समेत आरोप छ ।

प्रकाशित मिति : १८ आश्विन २०७९, मंगलबार  ७ : ४८ बजे

रास्वपाबाट इलाम- २ मा मिलन लिम्बु बने उम्मेदवार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले  वैशाख १५ गते

एमाले पार्टी कार्यालय अध्ययन भ्रमणमा पुगे रास्वपाका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरुले नेकपा एमालेको

एमाले रुपन्देहीको दशौं अधिवेशन जेठ १६ र १७ गते, विभिन्न समितिहरु गठन गर्दै तयारी सुरु

बुटवल । नेकपा एमाले रुपन्देहीको दशौं अधिवेशन आगामी जेठ १६

लुम्बिनी प्रादेशिक अस्पतालमा निसन्तान दम्पत्तिका लागि ‘आइयुआई’ सेवा सुरु

बुटवल । प्रसुती सेवालाई बिस्तार गर्दै लगेको लुम्बिनी प्रादेशिक अस्पताल

नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाई

काठमाडौं । भारतमा हुने बरोडा र गुजरातसँगको फ्रेन्डसिप सिरिज तथा