११ असार २०८३, बिहिबार | June 25, 2026

निर्वाचन पर्यवेक्षकलाई यस्ता कुराहरु गर्न प्रतिबन्ध



काठमाडौं । निर्वाचन पूर्व दलको कार्यकर्ता बनेर सक्रिय राजनीति गर्नेहरु पनि निर्वाचनको मिति नजिक आएपछि अधिकारकर्मी संस्थाको बिल्ला लगाएर निर्वाचन पर्वेक्षक बन्ने गरेको नेपालमा प्रसस्त देख्न पाईन्छ । दलहरुले स्वयं अन्य दलहरुको प्रचार रणनीति बुझ्न कार्यकर्तालाई पर्यवेक्षक बनाएर परिचालन पनि गर्ने गर्दछन् । आयोगले पर्यवेक्षकहरुका लागि बिभिन्न विषयमा पावन्दी लगाएपनि नेपालमा निर्वाचन पर्यवेक्षककारुपमा खटिनेहरु कुनै न कुन्े दलमा आवद्ध रहेको देख्न सकिन्छ ।

फेरिपनि निर्वाचन आयोगले आसन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर राख्दै पर्यवेक्षकले कर्न नहुने कामका विषयमा सूचना प्रकाशित गरेको छ । आयोगले जारी गरेको सूचनामा निर्वाचन पर्यवेक्षकका रूपमा सहभागी हुँदा राजनीतिक दल वा उमेदवारको समर्थन गर्न नहुने आयोगले घोषणा गर्नु अघि थाहा पाए पनि परिणामको सूचना सार्वजनिक गर्न नहुने जनाएको छ । पर्यवेक्षकले उमेदवारको समर्थन वा विरोध हुने गरी पर्यवेक्षकले निर्वाचन चिह्न अंकित ब्याज लगाउन वा अन्य कुनै माध्यमद्वारा प्रचारप्रसार वा प्रदर्शन गर्न नहुने आयोगको सूचनामा उल्लेख छ ।

राजनीतिक दल, उमेदवार, कर्मचारी वा अन्य व्यक्तिसँग नगद वा जिन्सी वा उपहार वा अन्य कुनै सामान लेनदेन गर्न नहुने स्पष्ट पार्दै आयोगले आधिकारीक घोषणा नगर्दा सम्म परिणाम थाहा पाएपनि पर्यवेक्षकले सार्वजनिक गर्न नहुने जनाएको छ ।

सुरक्षा संवेदनशील स्थानमा पर्यवेक्षण गर्न नहुने, निर्वाचनलाई प्रभावित पार्ने कुनै सूचना प्रवाह गर्न वा वक्तव्य दिन वा अवाञ्छित क्रियाकलाप गर्न नहुने पनि आयोगले जनाएको छ ।

प्रकाशित मिति : १८ आश्विन २०७९, मंगलबार  १२ : ०६ बजे

पार्टीलाई एकताबद्ध बनाएर लैजान्छौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताबद्ध

रास्वपा महाधिवेशन : यस्तो छ प्रदेशगत मत परिणाम

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय

‘फिफा’को निलम्बनपछि नेपाली फुटबल अन्यौलमा

काठमाडौं । विश्वसँगै नेपालको सहरदेखि गाउँगाउँसम्म विश्वकप फुटबल प्रतियोगिता २०२६

मेडिकल काउन्सिलले ल्यायो ‘हेलो एनएमसी’

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले अनलाइनमार्फत पनि गुनासो तथा उजुरी

पतञ्जली जग्गा प्रकरण : माधव नेपाल क्याविनेटका मन्त्रीहरूलाई बकपत्र गराउन आदेश

काठमाडौं । पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा सट्टापट्टा