१५ बैशाख २०८१, शनिबार | April 28, 2024

मन्दिर दर्शन गर्न सवारी बोकेर जाँदै गरेको जीप पाल्पामा दुर्घटना



बुटवल । पाल्पाको रैनादेबी छहरामा जीप दुर्घटना हुँदा ४ जना घाईते भएका छन् । घाइते मध्य २ जनाको अवस्था गम्भीर रहेको पाल्पा प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार रैनादेबी मन्दिरको दर्शनका लागि जाँदै गरेको जीप रैनादेबी छहरा ३ मा कच्ची सडकमा आफै ब्याक हुन गई दुर्घटना भएको हो । लु १ ज २५८३ नम्बरको जीपमा सवार १६ जना मध्य ४ जना घाइते भएकोमा रैनादेबी छहरा अमिलेका स्थानीय १८ वर्षिय रितिक परियार र १७ वर्षिय सुनिल परियार गम्भीर घाइते भएका छन् भने छचुवाका ४० वर्षिय चालक खगेन्द्र बहादुर कुमार र सोही स्थानका २१ वर्षिय सरिता कुमाल समान्य घाइते भएका छन् । अन्य १२ जनाको अवस्था भने सामान्य रहेकाले घर पठाइएको प्रहरीले जनाएको छ ।

घाइतेहरुको तानसेनमा उपचार भइरहेको छ । घटनाको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको पनि प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १८ आश्विन २०७९, मंगलबार  २ : ५६ बजे

पाल्पाको तिनाउ सिमखोलामा ट्रिपरको ठक्करबाट एकजनाको मृत्यु

बुटवल । पाल्पाको तिनाउ गाउँपालिका २ सिसखोलामा ट्रिपरको ठक्करबाट एक

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

पोखरा । बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा

‘पर्यटन, कृषि, जलविद्युत परियोजनामा लगानी जुटाउन सके मुलुक समृद्ध बन्छ’

काठमाडौं । आइतबारदेखि दुईदिने ‘इमर्जिङ नेपाल इन्भेस्टमेन्ट समिट–२०२४’ नेपालमा सुरु

करीयर प्लानिङ एजुकेशन कन्सलटेन्सीले लियो गरिब तथा जेहेन्दार विद्यार्थीको अभिभावकत्व

बुटवल । बुटवलमा संचालनमा रहेको करीयर प्लानिङ एजुकेशन कन्सलटेन्सी प्रालीले

इलाम-२ को राति ११ बजेपछि र बझाङको भोलि बिहान १० बजेपछि मतगणना हुने

काठमाडौं । इलाम-२ को मतपेटिका राति ११ बजेसम्म मतगणना स्थलसम्म