७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

राष्ट्रपति भण्डारीले सर्वसाधारणलाई दशैँको टीका लगाइदिने, छुट्याइयो २ घण्टा समय



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज बुधबार विजया दशमीका दिन विशिष्ट व्यक्ति र सर्वसाधारणलाई दशैँको टीका लगाइदिने भएकी छन् ।

राष्ट्रपति कार्यालयले राष्ट्रपति भण्डारीले विशिष्ट व्यक्तिलाई टीका लगाउनका लागि १ घण्टा समय छुट्याइएको जनाएको छ । यस्तै, सर्वसाधारणका लागि २ घण्टाको समय निर्धारण गरिएको छ ।

इच्छुक विशिष्ट व्यक्तिहरु उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, केन्द्र सरकारका मन्त्री, प्रदेश प्रमुख, न्यायाधीशहरु, संघीय संसदका सांसद र संवैधानिक निकायका पदाधिकारीहरुलाई बुधबार दिउँसो २ बजेदेखि ३ बजे सम्मको समय निर्धारण गरिएको छ ।

यस्तै, राष्ट्रपतिबाट टीका लगाउन इच्छुक सर्वसाधारणका लागि दिउँसो ३ बजेदेखि अपराह्न ५ बजे सम्मको समय निर्धारण गरिएको छ ।

प्रकाशित मिति : १९ आश्विन २०७९, बुधबार  ७ : ३१ बजे

क्यानडामा विदेशी नागरिकलाइ सन् २०२७ सम्म घर किन्न प्रतिबन्ध

क्यानडा । विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको

बुटवलमा आज जितगढी विजय उत्सव मनाइँदै

बुटवल । आज बैशाख ७ गते । अर्थात बुटवलको जितगढीमा

आगलागी हुँदा सात बिघा जमिनको गहुँबाली नष्ट

कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा बिहीबार गहुँबालीमा आगलागी हुँदा

भेरी करिडोरमा तल्लुको पुल अन्तिम चरणमा

सुर्खेत । भेरी करिडोर सडक आयोजनाअन्तर्गत तल्लुस्थित भेरी नदीमा बेलिब्रिज

भारतमा लोकसभा निर्वाचनका लागि मतदान सुरू, पहिलो चरणमा १२० सिटका लागि मतदान

नयाँ दिल्ली । लोकसभा चुनावको पहिलो चरणको मतदान केही बेरमा