३१ जेष्ठ २०८३, आइतबार | June 14, 2026

भारतीय उपभोक्तामा लोकप्रिय नेपाली ब्राण्ड : चाउचाउ, चुरोट र खुकरी रम



नेपालगन्ज । नेपालका सिमावर्ती बजारमा अधिकांस उपभोग्य वस्तु भारतीय बजारबाट आश्रित हुने गरेपनि केही सिमित उत्पादनहरुले भने भारतीयहरुको पनि मन तान्न सफल भएको छ । नेपाली भान्छामा पाक्ने देखि शरिरमा लगाउने हरेक वस्तुको आयात भारतीय बजारबाट हुने गरेपनि भारतीयहरुले नेपालबाट चाउचाउ र चुरोट भने लुकाई छिपाई लगेर भएपनि प्रयोग गर्ने गरेका छन् ।

नेपालगन्ज नाकाबाट भारत तर्फ जाने भारतीयहरुले नेपालबाट भारत फर्कँदा लैजाने कोशेली बनेको छ नेपाली चाउचाउ । वाईवाई, प्रिति, रारा, टु पीएम ब्राण्डका चाउचाउ भारतीयहरुले नेपालबाट भारत फर्कँदा लैजाने वस्तु बनेको छ । त्यसो त नेपानी नाकाबाट हरेक दिन गैरकानुनीरुपमा नेपाली चुरोट पनि भारत जाने गर्दछ । भारतले नेपाली चुरोत आयात गर्न प्रतिबन्ध लगाएपनि भारतीय बजारहरुमा नेपालको खुकुरी, सुर्या र सिखर ब्राण्डका चुरोटहरु बिक्री बितरण हुने गरेको छ । तेस्रो मुलुकमा उत्पादन भएको मालब्रो चुरोट पनि नेपाली बाटो हुँदै भारत जाने गर्दछ । लखनउ, आगरा र कानपुरका पानपसलहरुमा समेत नेपालमा उत्पादन भएको चुरोट सजिलै पाउन सकिन्छ ।

चुरोट लुकाई छिपाई लगेर बेच्ने गरिएपनि चाउचाउ भने कोशलीकारुपमा समेत लैजाने गरेको पाईन्छ । यद्देपी भारतीय बजारमा सल्यानको अदुवा, जुम्लाको स्याउ, सुर्खेत दैलेखको लसुन पनि बिक्री हुने गरेको छ । नेपालबाट रातारात ठेलामा सिमा पारी लगिएको नेपाली अदुवा, लसुन र स्याउ जस्ता उत्पादनका मुख्य ग्राहक भने नेपाली नै हुने गरेका छन् । भारतमा सस्तो पाईन्छ भन्ने भ्रममा रहेका नेपालीहरु भारतो रुपैडिया बजारमा सल्यानको अदुवा, दैलेखको लसुन र जुम्लाको स्याउ किनिरहेको दृष्य पनि देख्न सकिन्छ ।

केही वर्ष पहिलेसम्म चाईनिज सामाग्री खरिद गर्न भारतीयहरु नेपालगन्जमा आउने गर्दथे, तर भारत र चीनबीच ब्यापार सम्झौता भएसँगै नेपालबाट चाईनिज सामान किनेर लैजाने ग्राहकहरुमा कमी आएको व्यवसायीहरु बताउँछन् । जमुनाह नाकाबाट दैनिक चाउचाउको प्याकेछ बोकेर भारत जानेको लर्को नै देख्न सकिन्छ । माईत वा आफन्त भारतमा रहेका नेपालगन्जका सर्बसाधारणले पनि उपहारका रुपमा नेपाली चाउचाउ लैजाने गरेका छन् । चाउचाउका रुपमा भारतमा म्यागी लोकपृय भए पनि नेपाली चाउचाउको जस्तो नहुने गरेको रुपैडियाका स्थानीय बताउछन् ।

गैरकानुनीरुपमा भारतमा जाने अर्को नेपाली ब्राण्ड हो खुकुरी रम । भारतीय, विशेष गरि पन्जावमा नेपालमा बनेको खुकुरी रम निकै लोप्रिय छ । भारतबाट सामान लिएर आउने गाडी चालकहरुले लुकाई छिपाई आफन्तहरुलाई कोशलीकारुपमा खुकुरी रम लगिदिने गरेका छन् । बिक्री प्रयोजनलाई भन्दा पनि घरयासी प्रयोगका लागि भारतमा खुकुरी रम जाने गरेको नेपालगन्जका एक मदिरा व्यवसायीले बताए ।

 

प्रकाशित मिति : १९ आश्विन २०७९, बुधबार  ९ : ३५ बजे

रोट्रयाक्ट युथ आइकन-२०८३ को उपाधि सबिता पोख्रेललाई

बुटवल । रोट्रयाक्ट युथ आइकन-२०८३ को उपाधि सबिता पोख्रेलले जितेकी

विराटनगरमा देउवा-कोइराला-सिटौला पक्षको भेला, संस्थापनलाई दबाब

विराटनगर । नेपाली कांग्रेसका संस्थापनइतर तथा असन्तुष्ट समूहले आइतबार कोशी

प्रहरी सङ्गठन जनताका पहिलो सरकार हो : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रहरी सङ्गठन नेपाली

वन कर्मचारीले भीरबाट टेम्पो खसालेपछि दिए स्पष्टीकरण – ‘हामीले खसालेका हैनौं’

कैलाली । गोदावरी नगरपालिका–४ स्थित गोदावरी सामुदायिक वनअन्तर्गतको गाईमारे चुरे

फिफा विश्वकप : अस्ट्रेलियाको शानदार जित, टर्किए २-० ले पराजित

काठमाडौं । फिफा विश्वकपअन्तर्गत समूह डीको खेलमा अस्ट्रेलियाले टर्किएलाई २–०