२३ बैशाख २०८१, आइतबार | May 5, 2024

भारतीय उपभोक्तामा लोकप्रिय नेपाली ब्राण्ड : चाउचाउ, चुरोट र खुकरी रम



नेपालगन्ज । नेपालका सिमावर्ती बजारमा अधिकांस उपभोग्य वस्तु भारतीय बजारबाट आश्रित हुने गरेपनि केही सिमित उत्पादनहरुले भने भारतीयहरुको पनि मन तान्न सफल भएको छ । नेपाली भान्छामा पाक्ने देखि शरिरमा लगाउने हरेक वस्तुको आयात भारतीय बजारबाट हुने गरेपनि भारतीयहरुले नेपालबाट चाउचाउ र चुरोट भने लुकाई छिपाई लगेर भएपनि प्रयोग गर्ने गरेका छन् ।

नेपालगन्ज नाकाबाट भारत तर्फ जाने भारतीयहरुले नेपालबाट भारत फर्कँदा लैजाने कोशेली बनेको छ नेपाली चाउचाउ । वाईवाई, प्रिति, रारा, टु पीएम ब्राण्डका चाउचाउ भारतीयहरुले नेपालबाट भारत फर्कँदा लैजाने वस्तु बनेको छ । त्यसो त नेपानी नाकाबाट हरेक दिन गैरकानुनीरुपमा नेपाली चुरोट पनि भारत जाने गर्दछ । भारतले नेपाली चुरोत आयात गर्न प्रतिबन्ध लगाएपनि भारतीय बजारहरुमा नेपालको खुकुरी, सुर्या र सिखर ब्राण्डका चुरोटहरु बिक्री बितरण हुने गरेको छ । तेस्रो मुलुकमा उत्पादन भएको मालब्रो चुरोट पनि नेपाली बाटो हुँदै भारत जाने गर्दछ । लखनउ, आगरा र कानपुरका पानपसलहरुमा समेत नेपालमा उत्पादन भएको चुरोट सजिलै पाउन सकिन्छ ।

चुरोट लुकाई छिपाई लगेर बेच्ने गरिएपनि चाउचाउ भने कोशलीकारुपमा समेत लैजाने गरेको पाईन्छ । यद्देपी भारतीय बजारमा सल्यानको अदुवा, जुम्लाको स्याउ, सुर्खेत दैलेखको लसुन पनि बिक्री हुने गरेको छ । नेपालबाट रातारात ठेलामा सिमा पारी लगिएको नेपाली अदुवा, लसुन र स्याउ जस्ता उत्पादनका मुख्य ग्राहक भने नेपाली नै हुने गरेका छन् । भारतमा सस्तो पाईन्छ भन्ने भ्रममा रहेका नेपालीहरु भारतो रुपैडिया बजारमा सल्यानको अदुवा, दैलेखको लसुन र जुम्लाको स्याउ किनिरहेको दृष्य पनि देख्न सकिन्छ ।

केही वर्ष पहिलेसम्म चाईनिज सामाग्री खरिद गर्न भारतीयहरु नेपालगन्जमा आउने गर्दथे, तर भारत र चीनबीच ब्यापार सम्झौता भएसँगै नेपालबाट चाईनिज सामान किनेर लैजाने ग्राहकहरुमा कमी आएको व्यवसायीहरु बताउँछन् । जमुनाह नाकाबाट दैनिक चाउचाउको प्याकेछ बोकेर भारत जानेको लर्को नै देख्न सकिन्छ । माईत वा आफन्त भारतमा रहेका नेपालगन्जका सर्बसाधारणले पनि उपहारका रुपमा नेपाली चाउचाउ लैजाने गरेका छन् । चाउचाउका रुपमा भारतमा म्यागी लोकपृय भए पनि नेपाली चाउचाउको जस्तो नहुने गरेको रुपैडियाका स्थानीय बताउछन् ।

गैरकानुनीरुपमा भारतमा जाने अर्को नेपाली ब्राण्ड हो खुकुरी रम । भारतीय, विशेष गरि पन्जावमा नेपालमा बनेको खुकुरी रम निकै लोप्रिय छ । भारतबाट सामान लिएर आउने गाडी चालकहरुले लुकाई छिपाई आफन्तहरुलाई कोशलीकारुपमा खुकुरी रम लगिदिने गरेका छन् । बिक्री प्रयोजनलाई भन्दा पनि घरयासी प्रयोगका लागि भारतमा खुकुरी रम जाने गरेको नेपालगन्जका एक मदिरा व्यवसायीले बताए ।

 

प्रकाशित मिति : १९ आश्विन २०७९, बुधबार  ९ : ३५ बजे

जापानी विदेशमन्त्री खामिखावाः वसन्तपुर क्षेत्रको अवलोकन

काठमाडौं । आज नेपाल आउनुभएका जापानका विदेश मन्त्री खामिखावा योकोले

दैलेखको दुल्लूमा नबिल बैंकको २६८ औँ शाखा सञ्चालन

काठमाडौ । नबिल बैंकले कर्णाली प्रदेशको दैलेख जिल्लामा नयाँ शाखा

कर्णाली हाफ म्याराथनमा ज्ञान खाद्यान्नको साथ

नेपालगन्ज । यही बैशाख २९ गते शनिवार आयोजना हुने प्रथम

नेपालगन्ज नाकाबाट ७० करोड बढीको जडिबुटी निकासी

नेपालगन्ज । जडिबुटी निकासीको प्रमुख नाकाका रुपमा रहेको नेपालगन्जबाट नौ

नेपाल विद्युत प्राधिकरण राष्ट्रिय कर्मचारी युनियनको ३४ औं वार्षिकोत्सव सम्पन्न

बुटवल । नेपाल विद्युत प्राधिकरण, राष्ट्रिय कर्मचारी युनियनले ३४ औं