४ चैत्र २०८२, बुधबार | March 18, 2026

बालुवाटारमा गठबन्धन दलहरुबीच सिट बाँडफाँटको रस्साकस्सी



काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिट बाँडफाँट टुंग्याउन प्रयास गरिरहेको सत्ता गठबन्धनको बैठक आज फेरि सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान बसिरहेको बैठकमा निर्वाचन क्षेत्र बाँडफाँटका लागि अन्तिम रस्साकस्सी भैरहेको छ ।

यही असोज २३ गते प्रत्यक्ष तर्फको मनोनयन दर्ता कार्यक्रम रहेको छ । त्यसअघि दलहरुबीच सिट बाँडफाँट सहमति हुन अनिवार्य छ । अन्यथा, कसलाई टिकट दिने भन्ने विषय टुंग्याउनमै दलहरुलाई आन्तरिक झमेला हुने देखिन्छ । त्यसैले पनि आजैको बैठकलाई अन्तिम प्रयास गर्ने भन्दै नेताहरुले बैठक सुरु गरेका हुन् । यसअघि हिजो टीकाको दिनमा पनि साँझ बैठक बसेको थियो ।

गठबन्धनका दलहरुबीच अत्याधिक सिट संख्याको दाबी रहँदा मिलाउन समस्या भैरहेको छ । विशेषगरी एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले बढी सिटको दाबी गरिरहेका छन् । त्यसमा नेपाली कांग्रेसले प्रदेशसभाको सिट संख्यामा समेत सबै प्रदेशमा हावी हुन खोज्दा सहमति जुट्न नसकेको जसपाका एक नेताले दाबी गरेका छन् । जसपाले गठबन्धनभन्दा बाहिरका दलहरुसँग् पनि तालमेल गर्ने चेतावनी दिइसकेका छ ।

 

प्रकाशित मिति : २० आश्विन २०७९, बिहिबार  १० : ४६ बजे

जग्गा विवादमा छोराले गरे आमाको हत्या

कञ्चनपुर । दोधारा–चाँदनी नगरपालिका–४ माननीय चोक निवासी हरिप्रसाद श्रेष्ठले ७५

लागुऔषधसहित सात जना पक्राउ

भद्रपुर । लागुऔषध खैरो हिरोइनसहित सात जना पक्राउ परेका छन्

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य घटेको छ ।

आगामी साता नयाँ सरकार गठन हुनसक्छ : अर्थमन्त्री खनाल

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले आउँदो हप्ताभित्र नयाँ सरकार गठन

नौ करोड दुई लाखमा बन्यो फलेवास नगरपालिकाको भवन

पर्वत । सङ्घीय सरकारको ५० प्रतिशत अनुदान र ५० प्रतिशत