२९ मंसिर २०८२, सोमबार | December 15, 2025

बालुवाटारमा गठबन्धन दलहरुबीच सिट बाँडफाँटको रस्साकस्सी



काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिट बाँडफाँट टुंग्याउन प्रयास गरिरहेको सत्ता गठबन्धनको बैठक आज फेरि सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान बसिरहेको बैठकमा निर्वाचन क्षेत्र बाँडफाँटका लागि अन्तिम रस्साकस्सी भैरहेको छ ।

यही असोज २३ गते प्रत्यक्ष तर्फको मनोनयन दर्ता कार्यक्रम रहेको छ । त्यसअघि दलहरुबीच सिट बाँडफाँट सहमति हुन अनिवार्य छ । अन्यथा, कसलाई टिकट दिने भन्ने विषय टुंग्याउनमै दलहरुलाई आन्तरिक झमेला हुने देखिन्छ । त्यसैले पनि आजैको बैठकलाई अन्तिम प्रयास गर्ने भन्दै नेताहरुले बैठक सुरु गरेका हुन् । यसअघि हिजो टीकाको दिनमा पनि साँझ बैठक बसेको थियो ।

गठबन्धनका दलहरुबीच अत्याधिक सिट संख्याको दाबी रहँदा मिलाउन समस्या भैरहेको छ । विशेषगरी एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले बढी सिटको दाबी गरिरहेका छन् । त्यसमा नेपाली कांग्रेसले प्रदेशसभाको सिट संख्यामा समेत सबै प्रदेशमा हावी हुन खोज्दा सहमति जुट्न नसकेको जसपाका एक नेताले दाबी गरेका छन् । जसपाले गठबन्धनभन्दा बाहिरका दलहरुसँग् पनि तालमेल गर्ने चेतावनी दिइसकेका छ ।

 

प्रकाशित मिति : २० आश्विन २०७९, बिहिबार  १० : ४६ बजे

एमाले महाधिवेशनमा ओली र पोखरेर प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको

आठौं खजुरा अन्तर विद्यालय मेयर रनिङ शिल्डको उपाधि ज्ञानोदयलाई

खजुरा । बाँकेको खजुरामा आज सम्पन्न आठौं अन्तर विद्यालय मेयर