२४ मंसिर २०८२, बुधबार | December 11, 2025

भारी वर्षाकैबीच दुर्गा भगवतीका मुर्ति विसर्जन



नेपालगन्ज । भारी वर्षाकैबीच नवरात्रमा नेपालगन्ज र यस आसपासमा स्थापना गरिएको दुर्गा भगवतीका मुर्तिहरु विसर्जन गरिएको छ । नवमीका दिन देखि परेको अबिरल वर्षातकैबीच बडा दशैका लागि स्थपाना गरिएका दुर्गा भगवतीको मुर्ती राप्तीनदी तथा मानखोलामा विसर्जन गरिएको हो ।

नेपालगन्ज र त्यस आसपासमा स्थापना गरिएका मुर्तिहरु बाँकेको कम्दी घाटमा रहेको राप्तीनदीको पुल मुनी बिर्शजन गरिएको छ भने कोहलपुर र खजुरा क्षेत्रमा स्थापना गरिएको मुर्ती बाँके र बर्दियाको सिमानामा बग्ने मानखोलामा विसर्जन गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

अविरल वर्षाकै बीच उर्लेका नदिहरुमा शान्तिपूर्णरुपमा मुर्ति विसर्जन गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी रामप्रसाद घर्तीमगरले जानकारी दिए । सम्भाव्य विपद र जोखिमलाई मध्यनजर राख्दै स्थानीय प्रशासनले नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरेको थियो ।

आजै बर्षातको कारण बुधबार स्थगित गरिएको राबण बध कार्यक्रम बिहीबार साँझ विधिवत तरिकाले सम्पन्न गरिएको रामलिला संचालक समितिले जनाएको छ ।

प्रकाशित मिति : २० आश्विन २०७९, बिहिबार  ९ : १५ बजे

कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा सहमहामन्त्री यादव

काठमाडौँ । नेपाली कांग्रेसको क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिको संयोजकमा

कांग्रेस बाँकेबाट सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस

नेपालगन्ज । नेपाली कांग्रेसले बाँकेबाट आगामी फागुन २१ गते हुने

सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति (पूर्णपाठ)

काठमाडौँ । नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति

वहुविवाह आरोपमा डीएसपी मधु नेपाल पक्राउ

बुटवल । नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) मधु नेपार्ल