२० मंसिर २०८२, शनिबार | December 6, 2025

चितवनका तीनवटै क्षेत्रमा खुल्यो निर्वाचन अधिकृतको कार्यालय



चितवन । आसन्न मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि चितवनका तीन वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । प्रत्यक्ष निर्वाचन तर्फको उम्मेदवारी दर्ता गर्न ३ दिन बाँकी रहँदा जिल्लाका ३ वटौ निर्वाचन क्षेत्रमा कार्यालय संचालनमा आएको हो ।

चितवन क्षेत्र नं २ का लागि भरतपुर महानगरपालिका वडा नं १० स्थित औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ भने क्षेत्र नं. १ का लागि पूर्वीचितवनको खैरहनी नगरपालिकाको भवनमा विहीबार निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । त्यसैगरि क्षेत्र नं.३ का लागि भने भरतपुर महानगरपालिका–१५, रामपुरस्थित कृषि तथा वन विश्वविद्यालयको भवनमा स्थापना गरिएको जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख भिमसेन कार्कीले बताएका छन् ।

भरतपुर–१० मा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयको मुख्य निर्वाचन अधिकृतमा रितेन्द्र थापा छन् भने क्षेत्र नं. १ को निर्वाचन अधिकृतमा रेशममणि सिग्देल रहेका छन् तथा क्षेत्र नं.३ को निर्वाचन अधिकृतमा हरिसिंह धामी रहेका छन्।

निर्वाचनलाई व्यवस्थित र सभ्य बनाउन मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज सर्वदलिय बैठक बोलाएको छ । बैठकमा आचारसंहितालगायतका विषयमा छलफल हुने बताईएको छ । चितवनमा प्रतिनिधि सभातर्फ ३ र प्रदेशसभा तर्फ ६ वटा निर्वाचन क्षेत्र रहेका छन् ।

प्रकाशित मिति : २१ आश्विन २०७९, शुक्रबार  ९ : ३३ बजे

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय