२० माघ २०८२, मंगलबार | February 3, 2026

एमाले-राप्रपा-जसपा गठबन्धन पछि को होलान् बाँके २ को उम्मेदवार ?



नेपालगन्ज । एकाएक एमाले र जसपाबीच चुनावी समिकरण हुने देखिएपछि बाँके निर्वाचन क्षेत्र नम्बर २ को निर्वाचन रोमाञ्चित बन्ने भएको छ । पूर्ववत समिकरणमा एमालेको समर्थनमा चुनावी प्रचारमा होमिइसकेको राप्रपाका नेता धवलसम्सेर राणा र नयाँ समिकरणबाट पूर्ववत सत्ता गठबन्धनबाट चुनावी मोर्चामा उत्रिएका भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईको एउटै निर्वाचन क्षेत्र परेपछि बाँके २ को निर्वाचन रोमाञ्चित बन्न पुगेको हो ।

एमाले राप्रपा गठबन्धनबाट पहिले देखि नै चुनावी तयारीमा लागेका धवल सम्सेरको चुनावी तयारी काम लाग्ने हो की इस्तियाक राईले खोसिदिने हुन् ? उम्मेदवारी दर्ता गर्न २ दिन बाँकी रहँदा अन्यौलमा पुगेको छ । नयाँ चुनावी समिकरणमा बाँके २ जसपा नेता राई र राप्रपा नेता राणाको एउटै निर्वाचन क्षेत्र परेपछि एमालेसँगको समिकरण जटिल बनेको छ ।

बाँकेमा शुरुदेखि नै राणा र राईले एक आपसमा प्रतिद्वन्द्वी मान्दै आएका छन् । दुबैको चुनावी सभाहरुमा एकले अर्कालाई छेडछाड र ब्यंग र प्रहार गर्दै आएका छन् । दुबै उम्मेदवारले पिर्ता लिने अवस्था नआएमा बाँके २ मा मित्रवत प्रतिस्पर्धा गर्दै एक्ला एक्लै निर्वाचन लड्ने सम्भावना पनि रहेको छ । सत्ता गठबन्धनमा पनि कांग्रेसले सुशिल कोईरालको निर्वाचन क्षेत्र भन्दै दाबी कायम राखेपछि जसपा नेता राईले कांग्रेसलाई उम्मेदवारी दिन र मित्रवत प्रतिस्पर्धा गर्दै एक्ला एक्लै चुनाव लड्न प्रस्ताव गरेका थिए । ‘समिकरण र धवलसम्सेरका लागि इस्तियाक राईले मैदान खाली गर्नु हुन्न ।’ राई निकट जसपा नेताले भने ।

अन्य क्षेत्रमा एमाले-राप्रपा-जसपा गठबन्धन भएपनि बाँके २ मा एक्लाएक्लै निर्वाचन लड्ने सहमति हुन सक्ने जसपा स्रोतले जनाएको छ । यस अघि एमाले-राप्रपा गठबन्धनबाट नेपालगन्जका पूर्व मेयर धवल सम्शेर र सत्ता गठबन्धनबाट इस्तियाक राई उठने पक्कापक्की भएकोमा आजबाट समिकरणको ढाँचा फेरिएको हो ।

अहिले सम्म जसपाकै पोल्टामा भाग पारेर मौन बसेको सत्ता गठबन्धनबाट बाँके २ मा काँग्रेस र माओवादी मध्य एक दलले उम्मेदवार उठाउने छन् । सम्भवत कांग्रेस सभापति देउवाले बाँके २ मा शेखर समूहका कुनै एक नेतालाई उम्मेवार बनाउने सम्भावना पनि देखिन्छ । राजकुमार वर्मा, किरण कोईरालाको नाम बाँके २ का लागि अग्रभागमा आउने गरेको छ ।

प्रकाशित मिति : २१ आश्विन २०७९, शुक्रबार  १० : ५९ बजे

विदेशमा बस्ने नेपालीले देशको अर्थतन्त्र र सामाजिक विकासमा दिएको योगदान महत्त्वपूर्ण छ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जापानमा बस्ने नेपालीहरूले नेपाली अर्थतन्त्रलगायत

ललितपुरबाट पेस्तोलसहित तीन जना नियन्त्रणमा

काठमाडौँ । सशस्त्र प्रहरी बलले ललितपुरबाट आज पेस्तोलसहित तीन जनालाई

निर्वाचन सुरक्षाका लागि भोलि बुधबारदेखि सेना परिचालन

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र

समानुपातिकतर्फको अन्तिम बन्दसूची सार्वजनिक, ३१३५ उम्मेदवार कायम

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा

पोखरामा थुप्रियो फोहर, व्यवस्थापनमा चुनौती

गण्डकी । पर्यटकीय राजधानी पोखरामा केही दिनयता फोहर उठ्न सकेको