१२ असार २०८३, शुक्रबार | June 26, 2026

एमालेमा दशबुँदे पक्षधरलाई ‘सफाया’ अभियान सुरु, पूर्वमा रबिन र पश्चिममा रावल टिकटबाट बन्चित



काठमाडौं । नेकपा एमालेमा दशबुँदे पक्षधर शिर्श नेताहरुलाई पाखा लगाउन पूर्व झापाबाट सुरु भएको अभियान सुदुरपश्चिम सम्म स्पष्ट देखिएको छ ।

झापामा दशबुँदेका पक्षमा देखिएका झापा– २ की निवर्तमान सांसद पवित्रा खरेल निरौला र क्षेत्र नम्बर १ का रशिन कोईरालालाई टिकटबाट बन्चित बनाइएको छ भने सुदुरपश्चिमको अछामका लोकप्रिय नेता भिम रावललाई पनि टिकटबाट बन्चित बनाइएको छ ।

झापा– २ मा प्रतिस्पर्धाको तयारी गरेका अग्नि खरेललाई झापा– १ मा प्रत्यासी बनाउने ओलीको आन्तरिक निर्णयपछि यप्रतिनिधि सभामा प्रत्यासी बन्ने अवसरबाट कोइराला बञ्चित हुने निश्चित भएको छ । झापा बिद्रोहका एक नेता नरेश खरेलकी धर्मपत्नी पवित्रा खरेल पनि दशबुँदेको पक्षधर भएकै कारण टिकट नपाउनेमा परेकी छन् ।

यता राप्रपासँगको समिकरण पछि दशबुँदेका अर्का शिर्श नेता घनश्याम भुसालपनि टिकटबाट बन्चित हुने निश्चित छ । एमाले अध्यक्ष केपी ओलीले दशबुँदे पक्षका नेताहरुलाई माफि मागे पछि मात्र टिकट दिने बताएपनि भुसाल, रावलले सार्वजनिकरुपमै माफि नमाग्ने बताएका थिए । रुपन्देही ३ राप्रपासँगको समिकरणमा दिपक बोहोराको पोल्टामा पर्ने निश्चित जस्तै बनेको छ ।

दशबुँदे पक्षधर नेताहरुमा योगेश भट्टराई र गोकर्ण विष्टले भने आन्तरिकरुपमा ओलीसँग माफी मागेको र टिकट पाउने निश्चित भएको एमाले स्रोतले दाबी गरेको छ । एमाले सचिवालय बैठकले टिकट वितरणको सबै जिम्मा अध्यक्ष केपी ओलीलाई सुम्पेको थियो ।

प्रकाशित मिति : २१ आश्विन २०७९, शुक्रबार  ६ : ०४ बजे

पार्टीलाई एकताबद्ध बनाएर लैजान्छौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताबद्ध

रास्वपा महाधिवेशन : यस्तो छ प्रदेशगत मत परिणाम

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय

‘फिफा’को निलम्बनपछि नेपाली फुटबल अन्यौलमा

काठमाडौं । विश्वसँगै नेपालको सहरदेखि गाउँगाउँसम्म विश्वकप फुटबल प्रतियोगिता २०२६

मेडिकल काउन्सिलले ल्यायो ‘हेलो एनएमसी’

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले अनलाइनमार्फत पनि गुनासो तथा उजुरी

पतञ्जली जग्गा प्रकरण : माधव नेपाल क्याविनेटका मन्त्रीहरूलाई बकपत्र गराउन आदेश

काठमाडौं । पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा सट्टापट्टा