२८ श्रावण २०८३, बिहिबार | August 13, 2026

पूर्वी नवलपरासीमा एकसय ४४ घर डुबानमा



कावासोती अविरल वर्षा पछि नारायणी नदी र अन्य खोलामा आएको बाढीमा परेर पूर्वी नवलपरासीका एकसय शुक्रबार ४४ घर डुबानमा परेका छन् ।

बुधबार रातिदेखि परेको अविरल वर्षा पछि जिल्ला हुँदै बग्ने नारायणी नदी र अन्य खोलामा आएको बाढीमा परेर उक्त सङ्ख्याका घर डुबानमा परेका पूर्वी नवलपरासी जिल्लाप्रहरी कार्यालयका प्रवक्ता सन्तोष पाठकले बताए । उनका अनुसार बाढीका कारण गैंडाकोट मा ८०, मध्यविन्दुमा २०, विनयी त्रिवेणीमा २८ र हुप्सेकोटमा १६ घर गरेर १ सय ४४ घर डुबानमा परेका हुन् ।

त्यसैगरी लगातार वर्षाले गर्दा खसेको पहिरोका कारण जिल्ला सदरमुकामबाट पहाडी क्षेत्रका स्थानीय तह बौदीकाली र बुलिङ्गटार जोडने दलदले–कुमसोत– पोखरी सडकको पाङ्ग्रेमा पहिरो जाँदा अवरुद्ध भएको सडक चालु हुन सकेको छैन भने जिल्लाको गैंडाकोटबाट पहाडी क्षेत्र जोडने कालीगण्डकी करिडोरमा गएको पहिरोसमेत पन्छाउन नसक्दा कालीगण्डकी करिडोरसमेत अवरुद्ध भएको प्रवक्ता पाठकले बताए ।

पहाडीक्षेत्र जोडने मुख्यसडकहरु पहिरोले अवरुद्ध हुँदा त्यहाँ पछिल्लो ७२ घण्टादेखि सडक सम्पर्कबाट विच्छेद भएको छ । सडक सम्पर्क बिच्छेद भए पछि दसैं मान्न घर गएकाहरु फर्किन पाएका छैनन भने बिरामी भएर सदरमुकाम र चितवनसम्म पुग्नु पर्ने बिरामीहरु समस्यामा परेका छन् । पहाडी क्षेत्रलाई जोड्ने सडक अवरुद्ध भएपछि सो क्षेत्रका बासिन्दा सदरमुकाम आउनु परे तनहुँको भिमान-खैरेनीटार-मुग्लिन-नारायणगढ हुँदै कावासोती आउनुपर्ने बाध्यता भएको छ ।

लगातार परेको वर्षा पछि खसेको पहिरोका कारण जिल्लाको बौदिकाली र बुलिङ्गटारमा दुईवटा घर र बुलिङ्गटारमा एउटा गोठमा क्षति पुगेको प्रहरीले जनाएको छ । त्यस्तै जिल्लाकै विनयी त्रिवेणी-१ बगुवनमा नारायणीमा आएको बाढी पस्दा दुईसय हेक्टर बढी पाक्न लागेको धानबालीमा पूर्णरुपमा क्षति पुगेको छ ।

नारायणी नदीमा यस वर्षकै उच्च बाढी आएका कारण जिल्लाको नदीतटीय क्षेत्रको जनजीवन पूर्णरुपमा क्षति भएको छ । गण्डक बाँधमा शुक्रबार साँझ ८ बजे चारलाख १२ हजार पानीको बहाव मापन गरिएको जिल्लाका प्रहरी प्रमुख भूवनेश्वर तिवारीले बताए ।

 

प्रकाशित मिति : २२ आश्विन २०७९, शनिबार  ६ : ५६ बजे

पाँच संसदीय समितिको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद सचिवालयका अनुसार, आज विभिन्न पाँचवटा संसदीय

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद्, राष्ट्रियसभाको बैठक आज बस्दैछ । अपराह्न

किशोर श्रेष्ठको निवासमा मध्यरातमा प्रहरीको छापा, पत्रकारद्वारा विरोध

काठमाडौं । बुधबार साँझ पक्राउ परेका ‘जनआस्था’ साप्ताहिकका सम्पादक एवं

रोल्पामा पहिरोले घररगोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइते : थप विवरण आउन बाँकी

रोल्पा । अविरल वर्षाका कारण पहिरो जाँदा यहाँस्थित थबाङ गाउँपालिका-५

प्रचण्डद्वारा पत्रकार किशोर श्रेष्ठको पक्राउप्रति आपत्ति

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पत्रकार