२८ श्रावण २०८३, बिहिबार | August 13, 2026

मेमे पोखरी घुम्न गएका एकको मृत्यु अर्को बेपत्ता



लमजुङ । नेपालीको महान् पर्व दशैँमा ऐतिहासिक एवं पर्यटकीय मेमेपोखरी घुम्न गएका एक जनाको मृत्यु भएको र अर्को एक महिला सम्पर्कविहिन भएकी छिन् ।

सर्लाही लालबन्दीका २६ वर्षीय वुद्ध तामाङअर्थात् दयासागर योन्जनको लेक लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश श्रीमलले बताए । मेमेपोखरी (४,८०० मि) घुम्न गएका पाँच जनामध्ये तामाङको लेक लागेर मृत्यु भएको र निजकी श्रीमती श्रीमती लमजुङको बेँसीसहर नगरपालिका-१० साँधुकी २४ वर्षीया शर्मिला तामाङ सम्पर्कविहीन रहेको उनले जानकारी दिए । उनीहरुसहित पाँच जना उक्त स्थान घुम्न गएका थिए ।

बाँकी तीनजना यतिबेला भेडीगोठमा बसिरहेका र उनीहरुको मौसममा आएको खसाबीका कारण उद्धारमा कठिन भइरहेको प्रहरी नायब उपरीक्षक श्रीमलको भनाइ थियो । सम्र्पकविहीत भएकी सर्मिलाको खोजी गर्न प्रहरीको टोली गए पनि सो स्थानसम्म पुग्न सकेको छैन ।

शर्मिलाका बुबा, आफ्नै भाइ र काकाको भाइ करिब चार हजार मिटर उचाइको च्यार्बो भन्ने ठाउँको भेडीगोठमा आएर बसेको उनीहरुले प्रहरीलाई जानकारी गराएका थिए । यही असोज १६ गते घुम्न गएका उनीहरुलाई उक्त स्थान पुग्न बेँसीसहरबाट तीन दिन लाग्छ । बास बस्नका लागि सल्लाहबमोजिम तीनजना अघि अघि हिडेका र पछि पछि श्रीमान् र श्रीमती आएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २२ आश्विन २०७९, शनिबार  ९ : ०८ बजे

पाँच संसदीय समितिको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद सचिवालयका अनुसार, आज विभिन्न पाँचवटा संसदीय

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद्, राष्ट्रियसभाको बैठक आज बस्दैछ । अपराह्न

किशोर श्रेष्ठको निवासमा मध्यरातमा प्रहरीको छापा, पत्रकारद्वारा विरोध

काठमाडौं । बुधबार साँझ पक्राउ परेका ‘जनआस्था’ साप्ताहिकका सम्पादक एवं

रोल्पामा पहिरोले घररगोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइते : थप विवरण आउन बाँकी

रोल्पा । अविरल वर्षाका कारण पहिरो जाँदा यहाँस्थित थबाङ गाउँपालिका-५

प्रचण्डद्वारा पत्रकार किशोर श्रेष्ठको पक्राउप्रति आपत्ति

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पत्रकार