४ पुस २०८२, शुक्रबार | December 20, 2025

सभामुख सापकोटाद्वारा चुनाव नलड्ने घोषणा



काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले चुनाव नलड्ने घोषणा गरेका छन् ।

उम्मेदवार मनोनयनको अघिल्लो दिन आज सभामुख सापकोटाले पत्रकार सम्मेलन गरेर आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी नदिने घोषणा गरेका हुन् । सापकोटा २०६४, २०७० सालमा सिन्धुपाल्चोक क्षेत्र नं. २ र २०७४ सालको निर्वाचनमा सिन्धुपाल्चोक १बाट निर्वाचित भएका थिए ।

यसपटक पनि नेकपा माओवादी केन्द्र सिन्धुपाल्चोकले सापकोटालाई क्षेत्र नं. १ बाट उम्मेदवार बनाउन सिफारिस गरेको थियो ।
सापकोटाले युवाहरूलाई मौका दिन यसपटक आफू उम्मेदवार नहुने बताएका छन् । आफुले लगातार ३ पटक चुनाव जित्ने अवसर पाएको बताउँदै उनले युवा पुस्तालाई अगाडि बढाउन आफू पछि हटेको उनले बताए । सापकोटाले फरक भूमिकाबाट काम गर्ने पनि जनाएका छन् ।

तर सापकोटाले चुनाव नलड्ने घोषणा गरेका छन् । बुधबार पत्रकार सम्मेलन गरी उनले भनेका छन्, ‘पार्टी, सिन्धुपाल्चोक र खासगरी क्षेत्र नम्बर १ का मतदाता तथा शुभचिन्तकहरुले पुनः पनप्रतिनिधिको भूमिका निर्वाह गरोस् भन्ने शुभेच्छा राख्नु भएकोमा धन्यवाद दिँदै आगामी २०७९ मंसिर ४ को प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने निर्णय गरेको निवेदन गर्न चाहन्छु ।’

प्रकाशित मिति : २२ आश्विन २०७९, शनिबार  २ : ४१ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको