१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

रुपन्देही २ र ३ मा तोकियो उम्मेदवारी दर्ता गर्ने समय, यसरी गर्नेछन् दलहरुले मनोनयन दर्ता



बुटवल । लुम्बिनी प्रदेशमा चर्चामा रहेको रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर २ र ३ मा दलहरुले उम्मेदवारी मनोनयनको छुट्टाछुट्टै समय निर्धारण गरेका छन् । एमाले उपाध्यक्ष विष्णु पौडेल चुनावी भिडन्तमा खडा हुने क्षेत्र नम्बर २ र गृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँण चुनाव लड्ने क्षेत्र नम्बर ३ मा सर्वदलिय बैठक बसेर उम्मेदवारी दर्ताको समय निर्धारण गरेका हुन् ।

सर्वदलिय बैठकले सबैभन्दा पहिले राप्रपालाई उम्मेदवारी दर्ता गर्ने समय दिएकाले रुपन्देहीको क्षेत्र नम्बर ३ मा एमाले राप्रपा गठबन्धनबाट दिपक बोहोराको मनोनयन सबैभन्दा पहिले दर्ता हुने छ । सो दललाई १०ः३० बजे समय दिइएकोमा एमाले राप्रपा गठबन्धनले सोही अनुसार तयारी गरेको जनाएका छन् । बोहोराले भैरहवा स्थित क्षेत्र नम्बर ३ को मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराउने छन् ।

त्यसपछि गृहमन्त्री बालकृष्ण खाँणले ११ः३० बजे भैरहवाको गल्लामण्डी स्थित सम्पर्क कार्यालयमा भेला भएका कार्यकर्ताहरु सहित उम्मेदवारी दर्ता गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नम्बर ३ मा जाने छन् । आयोगले २५ जना भन्दा बढी जुलुस लिएर हिँड्न नपाउने आचारसंहिता जारी गरेपनि गृहमन्त्रीको सचिवालयले कार्यकर्ताहरुलाई दलबलका साथ झण्डा लिएर सम्पर्क कार्यालयमा भेला हुन आह्वान गरेको छ ।

उता एमाले उपाध्यक्ष विष्णु पौडेलको प्रचार सचिवालयले पनि कार्यकर्ताहरुलाई बुटवलको गोलपार्कमा भेला हुन निर्देशन गरेको छ । १ बजेका लागि समय निर्धारण भएकोमा १२ बजे गोलपार्कबाट जुलुस सहित बुटवल उपमहानगरको भवनमा रहेको अधिकृत कार्यालयमा पौडेलले उम्मेदवारी दर्ता गर्ने छन् ।

पौडेलको प्रतिस्पर्धामा सत्ता गठबन्धनबाट टिकट पाएका नेकपा एकिकृत समाजवादीका राजु गुरुङको मनोनयन दिनको २ बजे दर्ता हुने छ । गुरुङको प्रचार समितिले १ बजे बिपी चोकमा कार्यकर्ताहरुलाई डाकेको छ । बिपीचोकबाट जुलुस सहित गुरुङ उपमहानगरमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराउने छन् ।

उम्मेदवारी दर्ता शान्तिपूर्ण र सहज बनाउन निर्वाचन कार्यालयले सर्वदलीय बैठक राखेर समय तोक्ने प्रयास गरेपनि दलहरुबीच हुँदै गरेको गठबन्धन र उम्मेदवारको टुंगो नलागेकाले निर्धारित समयमा फेरबदल हुन सक्ने जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख अयोध्याप्रसाद भण्डारीले बताए । कतिपय उम्मेदवारहरु साईत हेराएर दर्ता गर्न आउने सुनिएकाले पनि समयमा केही फेरबदल हुन सक्ने उनले बताए ।

 

प्रकाशित मिति : २२ आश्विन २०७९, शनिबार  १० : ३४ बजे

रेशम चौधरीको मुद्धामा मिसिल झिकाउन आदेश

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अभावमा राजनीतिक स्वतन्त्रता प्राप्त हुन सक्दैन् : सञ्चारमन्त्री शर्मा

ललितपुर । सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले प्रेस स्वतन्त्रता

एकल र साझा अधिकार सूचीमा रहेका कानुनहरू तीनै तहका सरकारले छिटो बनाउनुपर्छ : प्रदेशमन्त्री श्रेष्ठ

हेटौँडा । बागमती प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा

गुणस्तरीय स्वास्थ्य–शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

मोरङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गुणस्तरीय स्वास्थ्य र शिक्षामा

एक किलो ७६८ ग्राम सुन र एक करोड बढी रकमसहित सात जना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एक किलो