१५ माघ २०८२, बिहिबार | January 29, 2026

खेलकुद मन्त्री गहतराज बाँकेको बाढी प्रभावित क्षेत्रमा : दिर्घकालिन रुपमा डुबानको समाधान खोज्ने प्रतिवद्धता



नेपालगन्ज । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले बाढी प्रभावित क्षेत्रको अवलोकन गरेका छन । अविरल वर्षाका कारण आएको बाढीले पुर्याएको क्षतीको जानकारी लिन शनिबार बाँके आईपुगेका मन्त्री अथकले राप्तीसोनारी गाँउपालिका २ टिकुलिपुरको स्थलगल अवलोकन गरेका हुन ।

अवलोकनका क्रममा मन्त्री गहतराजले तत्काल उद्धार तथा राहत कार्यका जुट्न स्थानिय युवाहरुलाई अपिल गरेका छन । अबिरल वर्षापछि राप्ती नदिमा आएको बाढिका कारण राप्तीसोनारी, नरैनापुर र कोहलुरको जनजिवन नराम्रोसँग प्रभाबित भएको भन्दै मन्त्री अथकले राहात तथा उद्धारमा जुटन युवाहरुलाई अपिल गरेका हुन ।

अवलोकनकै क्रममा बाँके क्षेत्र नं. १ का सांसद समेत रहेका मन्त्री गहतराजले राहात र उद्धारको कामलाई प्रभावकारी बनाउन सम्बन्धित निकायलाई समेत निर्देशन समेत दिए ।

बाढि प्रभावित क्षेत्रको स्थलगत निरक्षणपछि केन्द्र सरकारको तर्फबाट प्रभाबितहरुका लागी ठोस राहत घोषणा गर्न पहल गर्ने बताउँदै उनले त्यस क्षेत्रको डुबान समस्या समाधानकालागि दिर्घकालीन रणनीति बनाउन संसदमा लगातार कुरा उठाउँदै आएको बताए ।

दिर्घकालिन रूपमा डुवानको समस्या समाधानकालागि केन्द्रीय स्तरबाटै योजना बनाएर छिट्टै समस्या समाधानको उपाय खोजिने बताउँदै मन्त्री उनले डुबानमा परेका स्थानियहरुलाई आवश्यक सबै प्रकारको सहयोग गर्न स्थानिय पालिकाका प्रमुख तथा स्थानिय प्रशासनलाई निर्देशन दिएका हुन ।

राप्ती नदिका कारण राप्ती सोनारी गाँउपालिकाका ६ वटै वडाका धेरैजसो बस्ती जलमग्न भएका छन् । डुबान क्षेत्रमा घरभित्र पानी पस्नुका साथै धानबालीमा समेत क्षती पुगेको छ । त्यसैगरी नरैनापुरका बनिया गाउँ, रोशनपुरवा, महतिनिया, बहावपुरवा, गिगली, रतैया, कोटिया, कोदीपुर र पचपेडवा, घोडदौरिया, पंडितपुरवा, जमुनहालगायत धेरै बस्ती डुबानमा परेका छन् ।

कतिपय बस्ती दक्षिण सीमा नजिकै भारतले निर्माण गरेको सडकका कारण पानीको प्राकृतिक प्रवाह रोकिँदा डुबानमा परेका छन् ।

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  ७ : ०९ बजे

निर्वाचनका लागि भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छ : गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले निर्वाचन सुरक्षा मजबुत बनाई

पर्सा निकुञ्जमा बाघ गणना थालियो

वीरगञ्ज । चितवन र पर्सा राष्ट्रिय निकुञ्जको तेस्रो खण्ड (ब्लक)मा

मधेस प्रदेशका एकहजार दुई सय ४६ मतदानस्थल अति संवेदनशील

जनकपुरधाम । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मधेस

अवरुद्ध कागबेनी-मुक्तिनाथ सडकको हिउँ पन्छ्याउन सुरु

मुस्ताङ । भारी हिमपातका कारण अवरुद्ध कागबेनी–मुक्तिनाथ सडक खुलाउन पहल

आन्तरिक उडान सुचारू

काठमाडौँ । आज बिहानैदेखि लागेको बाक्लो हुस्सु तथा कुहिरोको कारण