१२ असार २०८३, शुक्रबार | June 26, 2026

खेलकुद मन्त्री गहतराज बाँकेको बाढी प्रभावित क्षेत्रमा : दिर्घकालिन रुपमा डुबानको समाधान खोज्ने प्रतिवद्धता



नेपालगन्ज । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले बाढी प्रभावित क्षेत्रको अवलोकन गरेका छन । अविरल वर्षाका कारण आएको बाढीले पुर्याएको क्षतीको जानकारी लिन शनिबार बाँके आईपुगेका मन्त्री अथकले राप्तीसोनारी गाँउपालिका २ टिकुलिपुरको स्थलगल अवलोकन गरेका हुन ।

अवलोकनका क्रममा मन्त्री गहतराजले तत्काल उद्धार तथा राहत कार्यका जुट्न स्थानिय युवाहरुलाई अपिल गरेका छन । अबिरल वर्षापछि राप्ती नदिमा आएको बाढिका कारण राप्तीसोनारी, नरैनापुर र कोहलुरको जनजिवन नराम्रोसँग प्रभाबित भएको भन्दै मन्त्री अथकले राहात तथा उद्धारमा जुटन युवाहरुलाई अपिल गरेका हुन ।

अवलोकनकै क्रममा बाँके क्षेत्र नं. १ का सांसद समेत रहेका मन्त्री गहतराजले राहात र उद्धारको कामलाई प्रभावकारी बनाउन सम्बन्धित निकायलाई समेत निर्देशन समेत दिए ।

बाढि प्रभावित क्षेत्रको स्थलगत निरक्षणपछि केन्द्र सरकारको तर्फबाट प्रभाबितहरुका लागी ठोस राहत घोषणा गर्न पहल गर्ने बताउँदै उनले त्यस क्षेत्रको डुबान समस्या समाधानकालागि दिर्घकालीन रणनीति बनाउन संसदमा लगातार कुरा उठाउँदै आएको बताए ।

दिर्घकालिन रूपमा डुवानको समस्या समाधानकालागि केन्द्रीय स्तरबाटै योजना बनाएर छिट्टै समस्या समाधानको उपाय खोजिने बताउँदै मन्त्री उनले डुबानमा परेका स्थानियहरुलाई आवश्यक सबै प्रकारको सहयोग गर्न स्थानिय पालिकाका प्रमुख तथा स्थानिय प्रशासनलाई निर्देशन दिएका हुन ।

राप्ती नदिका कारण राप्ती सोनारी गाँउपालिकाका ६ वटै वडाका धेरैजसो बस्ती जलमग्न भएका छन् । डुबान क्षेत्रमा घरभित्र पानी पस्नुका साथै धानबालीमा समेत क्षती पुगेको छ । त्यसैगरी नरैनापुरका बनिया गाउँ, रोशनपुरवा, महतिनिया, बहावपुरवा, गिगली, रतैया, कोटिया, कोदीपुर र पचपेडवा, घोडदौरिया, पंडितपुरवा, जमुनहालगायत धेरै बस्ती डुबानमा परेका छन् ।

कतिपय बस्ती दक्षिण सीमा नजिकै भारतले निर्माण गरेको सडकका कारण पानीको प्राकृतिक प्रवाह रोकिँदा डुबानमा परेका छन् ।

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  ७ : ०९ बजे

नक्कली औषधि प्रकरणबारे औषधि व्यवसायी संघ रुपन्देहीको ध्यानाकर्षण, दोषीलाई कडा कारबाहीको माग

बुटवल । बुटवलस्थित सैनामैना हेल्थ सेन्टरमा नक्कली औषधि फेला परेको

रास्वपाको केन्द्रीय सदस्यमा निर्वाचित ९९ उम्मेदवार यी हुन् (सूचीसहित)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलो महाधिवेशनअन्तर्गत निर्वाचित ९९

घमाहा खोलाको डाइभर्सन बाढीले बगायो, बुटवल-गोरुसिंगे सडक अवरुद्ध

बुटवल । बुटवल-गोरुसिंगे सडकखण्डअन्तर्गत रुपन्देहीको सैनामैना नगरपालिका स्थित घमाहा खोलामा

मालिकाका किसानलाई अनुदानमा यान्त्रिक हलो वितरण

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकाले किसानलाई अनुदानमा मिनीटिलर (यान्त्रिक हलो)

सुकुम्बासीलाई होल्डिङ सेन्टर खाली गर्न थप एक साताको म्याद

काठमाडौं । सरकारले होल्डिङ सेन्टरमा रहेका सुकुम्बासी तथा अव्यवस्थित बसोबासी