२० बैशाख २०८१, बिहिबार | May 2, 2024

नयाँ पुस्तामा पठनशैलीको विकास गर्न आवश्यक छ : मन्त्री गहतराज



नेपालगन्ज । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले नयाँ पुस्तामा पठनशैलीको विकास गर्न अपरिहार्य रहेको बताएका छन् । १५ औं राष्ट्रिय पुस्तकालय दिवसका अवसरमा ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रले बाँकेको कोहलपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री गहतराजले पछिल्लो समय पुस्तकालयमा गएर पढ्ने संस्कृती हराउँदै गईरहेको प्रति दुःख ब्यक्त गरे ।

उनले पुस्तकालयलाई प्रविधिसँग जोडेर कसरी थप प्रभावकारी बनाउन सकिन्छ भन्ने तर्फ ध्यान केन्द्रित गर्नुपर्ने धारणा राखे । “पछिल्लो पुस्ता पुस्तक अध्ययनमा भन्दा बढि सामाजिक संजालमा रमाउन थालेका छन्” मन्त्री गहतराजले भने, “आजको युगसँग पुस्तकालयलाई कसरी जोड्न सकिन्छ, त्यसतर्फ ध्यान दिनुपर्ने अवस्था आएको छ ।”

पुस्तकालयलाई जिवन र जगतका बारेमा अध्ययन गर्ने थलोका रुपमा समेत बुभ्mन जरुरी रहेको उनले बताए ।
ज्ञानोदय सामुदायीक पुस्तकालयलाई थप ब्यवस्थित र सुदृढ गर्न आवश्यक रहेको जिकिर गर्दै मन्त्री गहतराजले थप भौतिक संरचना निर्माणकालागि स्रोत ब्यवस्थापनमा सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । उनले कोहलपुरमा पुस्तकालय स्थापनाकालागि विगतमा भएका प्रयासहरुको समेत प्रशंसा गरेका थिए ।

पुस्तकालयका अध्यक्ष चेतकान्त भट्टराईको अध्यक्षमा भएको कार्यक्रममा विभिन्न क्षेत्रका ३ जना विशिष्ट ब्यक्तिहरुलाई सम्मान गरीएको थियो भने पुस्तकालय दिवसकै अवसरमा आयोजित खुल्ला कबिता प्रतियोगिताका बिजयीहरुलाई समेत पुरस्कृत गरीएको छ ।

प्रकाशित मिति : १५ भाद्र २०७९, बुधबार  ४ : ५५ बजे

रेसुङ्गा पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेसुङ्गा धार्मिक तथा प्राकृतिक

वेस्ट इन्डिज ए सँग नेपालको लगातार तेस्रो हार

काठमाडौं । नेपाल वेस्ट इन्डिज ए सँग लगातार तेस्रो खेलमा

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

काठमाडौं । ‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका

बर्दिया एमाले अध्यक्षमा शालिकराम अधिकारी प्यानल सहित विजयी

बर्दिया । नेकपा एमाले बर्दियाको अध्यक्षमा एमाले उपाध्यक्ष विष्णु पौडेल

वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए ले नेपाललाई २१० रनको लक्ष्य