३१ भदौ २०८३, बुधबार | September 16, 2026

सिटी र चेल्सीको सहज जित



काठमाडौं । साविक विजेता म्यानचेस्टर सिटी र चेल्सीले शनिबार राति इंग्लिस प्रिमियर लिग फुटबलमा सहज जित निकालेका छन् । सिटीले साउथह्याम्पटनलाई ४-० गोल अन्तरले हरायो । सिटीको जितमा जोआओ कन्सेलो, फिल फोडेन, रियाद मेहरेज र एर्लिङ हालान्डले एक एक गोल गरे ।

जितसँगै सिटीले ९ खेलबाट २३ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ । साउथह्याम्पटन ७ अंक जोडेर १६ औं स्थानमा छ । अर्को खेलमा चेल्सीले उल्भ्सलाई ३-० ले हरायो । चेल्सीको जितमा काइ हार्भट्ज, क्रिस्टियन पुलिसिच र अर्मान्डो ब्रोजाले एक एक गोल गरे ।

जितसँगै ८ खेलबाट १६ अंक जोडेको चेल्सी चौंथो स्थानमा उक्लिएको छ छ । उल्भ्स ६ अंक जोडेर १८ औं स्थानमा छ । राति भएको अर्को खेलमा टोटनहमले ब्राइटनलाई १-० ले पराजित गर्‍यो । जितसंगै टोटनहम तेस्रो स्थानमा उक्लिएको छ ।

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  ७ : ३५ बजे

क्यासिनोमा नेपालीलाई जुवा खेलाएको आरोपमा ११ जना पक्राउ

काठमाडौं । क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाउने कार्यमा

अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

काठमाडौं । नेपाल प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्सबाट अष्ट्रेलिया

सामाजिक सञ्जालले फेरिएको व्यापार शैली

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका-७ धारापानीका कमला बानियाँ थापाले जलजला

सहरमा डेङ्गु, गाउँमा स्क्रब टाइफस फैलँदै

बागलुङ । नेपालमै डेङ्गुको उच्च जोखिममा रहेको बागलुङमा स्क्रब टाइफस

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।