२९ जेष्ठ २०८१, मंगलबार | June 11, 2024

सिटी र चेल्सीको सहज जित



काठमाडौं । साविक विजेता म्यानचेस्टर सिटी र चेल्सीले शनिबार राति इंग्लिस प्रिमियर लिग फुटबलमा सहज जित निकालेका छन् । सिटीले साउथह्याम्पटनलाई ४-० गोल अन्तरले हरायो । सिटीको जितमा जोआओ कन्सेलो, फिल फोडेन, रियाद मेहरेज र एर्लिङ हालान्डले एक एक गोल गरे ।

जितसँगै सिटीले ९ खेलबाट २३ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ । साउथह्याम्पटन ७ अंक जोडेर १६ औं स्थानमा छ । अर्को खेलमा चेल्सीले उल्भ्सलाई ३-० ले हरायो । चेल्सीको जितमा काइ हार्भट्ज, क्रिस्टियन पुलिसिच र अर्मान्डो ब्रोजाले एक एक गोल गरे ।

जितसँगै ८ खेलबाट १६ अंक जोडेको चेल्सी चौंथो स्थानमा उक्लिएको छ छ । उल्भ्स ६ अंक जोडेर १८ औं स्थानमा छ । राति भएको अर्को खेलमा टोटनहमले ब्राइटनलाई १-० ले पराजित गर्‍यो । जितसंगै टोटनहम तेस्रो स्थानमा उक्लिएको छ ।

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  ७ : ३५ बजे

एकीकृत समाजवादीमा सर्वसम्मत नेतृत्व चयन गर्न माधव नेपाल बाधक नबन्ने

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं

ग्लोबल आइएमईले संचालनमा ल्यायो “डिजिटल युनिभर्स”

काठमाडौ । ग्लोबल आइएमई बैंकले अधिकांस बैंकिङ सेवाहरु बैंकको वेबसाइटमार्फत

मुग्लिन-पोखरा सडक विस्तार तीव्र

तनहुँ । मुग्लिन(पोखरा सडक विस्तारअन्तर्गत पूर्व र पश्चिम दुई खण्डमा