काठमाडौं । गठबन्धनको साझा उम्मेदवार बनेकी मानुषी यमि भट्टराईले काठमाडौं क्षेत्र नं. ७ बाट मनोनयन दर्ता गराएकी छिन् ।
नेपाल समाजवादी पार्टी नेसपाकी नेतृ मानुषीले माओवादी केन्द्रको चुनाव चिन्ह हँसिया हथौडामा मनोनयन दर्ता गराएकी हुन् ।
बौद्धिक र अध्ययनशील यमि प्रखर वक्ता एवं सबैसँग मिल्ने व्यक्तित्व भएकी युवा नेता हुन् ।
यस क्षेत्रको प्रदेशसभातर्फ (क) मा एकीकृत समाजवादीका बसन्त मानन्धर र (ख) मा नेपाली कांग्रेसका सबिन तामाङले पनि उम्मेदवार मनोनयन दर्ता गरेका छन् ।



















प्रतिक्रिया