७ आश्विन २०८३, बुधबार | September 23, 2026

एमाले उपाध्यक्ष शाक्यसँग मानुषीले मागिन भोट, शाक्यले भनिन – नमिली सुखै छैन



काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ७ मा सत्ता गठबन्धनबाट साझा उम्मेदवार रहेकी मानुषी यमी भट्टराईले नेकपा एमालेकी नेता अष्टलक्ष्मी शाक्यसँग भेटेकी छिन् ।

चुनावी अभियानको क्रममा घरदैलो गर्दै हिँडेकी मानुषीले आज बिहान शाक्यको घरमा पुगेर आफुलाई सहयोग गर्न आग्रह गरेकी हुन् ।

त्यसक्रममा शाक्यले अहिले आफुहरुको बाटो अलगअलग भएपनि देश बनाउने हो भने नमिली सुखै नभएको बताइन । शाक्यले भनिन, ‘अब यथास्थितिमा अलग(अलग भएर गाली गलौजबाट अलग भएर एक अर्का नमिली सुखै छैन । गणतन्त्र र समाजवाद साझा हो, यथास्थितिमा बसेर पनि हुन्न ।’

मानुषीले अष्टलक्ष्मीलाई प्रेरणाको स्रोत र अग्रज नेता भएको बताइन । उनले सुशासन र समृद्धिको बाटोमा एकढिक्का भएर, एउटै मिसन बनाएर युवापुस्ता जान आतुर रहेको समेत जनाइन ।

प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार  १० : २६ बजे

कांग्रेस १५ औ महाधिवेशन : बुटवल र नेपालगन्जमा गगनकै नाममा दुई फरक गुट चुनावी मैदानमा

बुटवल । विशेष महाधिवेशनबाट एकढिक्क बनेको दाबी गरिएको नेपाली कांग्रेसको

बीसौँ एसियाली खेलकुदमा नेपालले पदकको खाता खोल्यो

काठमाडौँ । जापानमा जारी बीसौँ एसियाली खेलकुद प्रतियोगितामा तेन्जिङ शेर्पाले

राष्ट्र बैंकद्वारा छ लघुवित्त वित्तीय संस्थालाई कारवाही

काठमाडौँ । नेपाल राष्ट्र बैंक लघुवित्त संस्था सुपरिवेक्षण विभागले आर्थिक

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

लुम्बिनी प्रदेशका केही स्थान अतिभारी वर्षाको जोखिममा : बाँकेमा यस्तो छ जोखिम न्यूनीकरणको पूर्वतयारी

नेपालगन्ज । सम्भावित भारी वर्षा र मनसुनजन्य विपद्‌लाई ध्यानमा राख्दै