४ जेष्ठ २०८३, सोमबार | May 18, 2026

मंसिर ४ को निर्वाचन सामान्य निर्वाचन होइन : रामचन्द्र पौडेल



तनहुँ । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले ४ मंसिरमा हुन लागेको निर्वाचन सामान्य अवस्थाको निर्वाचन नभएको बताएका छन् । तनहुँको दमौलीमा मनोनयन दर्ता गराउन अगाडि आयोजित सभालाई सम्बोधन गर्दै नेता पौडेलले आगामी निर्वाचन प्रतिगामी अधिनायकवादलाइ रोकेर देशलाई अग्रमगनलाई लैजाने अभियान भएको बताए ।

उनले भने, ‘यो निर्वाचन सामान्य निर्वाचन होइन । प्रतिगामी अधिनायकवादलाइ रोकेर देशलाई अग्रमगनलाई लैजाने कि देशलाई फेरि प्रतिगामी र अधिनायवादी बाटोमा होम्ने भन्ने जनमत संग्रह पनि हो ।’

पौडेलले आफुहरु संविधान जोगाउने, जनतामा आशा जगाउने अभियानमा लगेको बताउदै भ्रष्टचार विकृत विसंगतिलाई हटाएर आम नागरिकमा आशा संचार दिन आफूहरुले चाहेको बताए ।

पौडेलले मुलुकमा यति ठूलो परिवर्तन र यति धेरै अधिकार प्राप्त संविधान पाउँदा पनि नेपाली किन सन्तुष्ट हुन सकिरहेका छैनन् भन्ने उत्तरको खोजीमा आफू रहेको बताए ।

उनले भने, ‘जनता सन्तुष्ट हुन नसक्नुको एउटै कारण भनेको भ्रष्टचार विकृति हो । म त्यो भ्रष्टचारको उन्मुलन गरेर जनतामा आशा जगाउने छु । म यही प्रण गरेको छु ।’

पौडेलले गाँउमा सबैै विकासका पूर्वाधार बनाउँदा पनि गाउँमा नै बस्ने वातावरण अझै बन्न नसकेको बताए ।

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  ५ : ०९ बजे

कामु प्रधानन्यायाधीशको आदेशपछि होल्डमा राखिएका रिट निवेदन दर्ता हुने

काठमाडौं । प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मालाई गरिएको सिफारिसविरुद्ध दायर रिट

घरजग्गा कारोबारबाट गत वैशाखमा छ अर्ब २६ करोड राजस्व सङ्कलन

काठमाडौं । घर जग्गासम्बन्धी कारोबार क्रमशः वृद्धि हुँदै पछिल्लो कारोबार

प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीका सांसदद्वारा पर्चा देखाएर विरोध प्रदर्शन

काठमाडौं । प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीले पर्चा देखाएर विरोध

गुनासो सम्बोधनमा ऊर्जा मन्त्रालयको सक्रियता, १० हजारभन्दा बढी गुनासो सम्बोधन

काठमाडौं । गुनासो लिने मात्रै होइन समाधान पनि गर्ने उद्देश्यका

चीनसँगको सहमतिले अमेरिकी किसानमा नयाँ भरोसा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी