१ पुस २०८२, मंगलबार | December 16, 2025

शिक्षामन्त्री पौडेलले गराए बागलुङ-२ मा मनोनयन दर्ता



शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बागलुङ क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएकाछन् ।

मन्त्री पौडेलले नेकपा (माओवादी केन्द्र) बागलुङका इन्चार्ज राजीव घिमिरेको प्रस्तावक र केन्द्रीय सदस्य निलबहादुर पुनको समर्थनमा निर्वाचन अधिकृतको कार्यालय बुर्तिबाङमा उम्मेदवारी दर्ता गराएकाहुन् ।

पौडेल यसअघिको निर्वाचनमा पनि यही क्षेत्रबाट निर्वाचित भएका थिए । उनले कांग्रेसका नरबहादुर पुनलाई आठ हजार नौ सय २२ मतले पछि पारेर विजयी भएका िथए। पौडेलले २८ हजार आठ सय २७ मत प्राप्त गर्दा पुनले एक हजार नौ सय पाँच मत ल्याएका थिए ।

अघिल्लो पटक वाम गठबन्धनबाट उम्मेदवार बनेका मन्त्री पौडेल यसपालि पाँचदलीय गठबन्धनका साझा उम्मेदवार हुन् । यस क्षेत्रको प्रदेश क्षेत्र (क) मा नेपाली कांग्रेस बागलुङका सभापति जितबहादुर शेरचन र (ख) मा दोर्णकुमार कुँवरले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  ५ : ३९ बजे

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज

सामाजिक सञ्जालमा प्रेम गरी विवाह गर्न भारत जाने युवती बेचबिखनको जोखिममा

राँझा । भारतीय व्यक्तिसँग सामाजिक सञ्जालमार्फत प्रेम सम्बन्ध भएका आधारमा

लागुऔषध ओसारपसार गर्ने एक भारतीयसहित तीन जना पक्राउ

काठमाडौं । प्रहरीले लागुऔषध ओसारपसार तथा बिक्रीवितरण गरेको अभियोगमा एक

पाँच फर्मलाई जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच