१२ असार २०८३, शुक्रबार | June 26, 2026

एमाले-जसपा-राप्रपा गठबन्धन तोड्दै बाँके २ मा जसपाले दियो प्रतिनिधि र प्रदेशसभामा उम्मेदवारी



नेपालगन्ज । एमालेसँग चुनावी तालमेल गरेको जनता समाजवादी पार्टी (जसपा)ले बाँकेको क्षेत्र नम्बर २ मा सेट सहित उम्मेदवारी दर्ता गराएको छ । बाँके २ बाट जसपा केन्द्रीय कार्यकारिणी समितिका सदस्य तथा संघीय सरकारमा मन्त्री मोहम्मद इस्तियाक राईले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् ।

बाँकेमा एमाले-जसपा-राप्रपा गठबन्धनबाट राप्रपाका धवल सम्शेर राणालाई समर्थन गर्ने भनिएपनि जसपाले बाँके २ मा आफ्नो छुट्टै उम्मेदवारी दर्ता गराएको हो । जसपाबाट प्रदेशसभा तर्फ २ (क)बाट भण्डारीलाल यादव र (ख)बाट आदेश अग्रवाल उम्मेदवार बनेका छन् । अग्रवाल आजै माओवादी केन्द्र छाडेर जसपा प्रवेश गरेका थिए ।

उम्मेदवारी दर्ता हुनु अघि मन्त्री राईले एमालेसँग गठबन्धन नभएर तालमेल मात्र भएको बताएका थिए । तालमेल नभएको स्थानमा जसपा आफ्नै तरीकाले चुनाव लड्न स्वतन्त्र रहेको उनले बताएका थिए ।

बाँकेमा एमालेले राप्रपाका राणालाई सघाउने यस अघि नै निर्णय गरिसकेको थियो ।

उता बाँके २ मा सत्ता गठबन्धनबाट ३ वटै सिट कांग्रेसले हात पारेको छ । कांग्रेसले संघमा सुदिप नरसिंह राणा र प्रदेक २ (क)मा राजकुमार वर्मा र (ख)बाट सुरेन्द्र हमालले उममेदवारी दर्ता गराउका छन् । बाँके २ मा गठबन्धनबाट सिट नपाएपछि आजैमा माओवादी त्याग गरेर केही नेताहरु जसपा प्रवेश गरेका छन् ।

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  ६ : ५१ बजे

प्रचण्ड र माधव नेपालको शेखर कोइरालासँग भेट, समसामयिक राजनीतिक विषयमा छलफल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

प्रतिनिधिसभाको बैठक फेरि सर्‍यो

काठमाडौं । प्रतिनिधिसभाको आजका लागि निर्धारित बैठक स्थगित भएको छ

प्रतिनिधिसभाको आजको बैठकमा पाँच विधेयक प्रस्तुत हुने, आर्थिक विधेयक पारित गर्ने कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा पाँच वटा विधेयक प्रस्तुत हुँदैछन्

भेनेजुएला भूकम्प अपडेट : मृत्यु हुनेको संख्या २३५ पुग्यो, उद्धार कार्य तीव्र

काठमाडौं । उत्तरी भेनेजुएलामा लगातार गएका दुई शक्तिशाली भूकम्पमा परी

लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस आज

काठमाडौं । आज लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस