२९ मंसिर २०८२, सोमबार | December 15, 2025

पक्राउ गरेको चार दिनपछि सन्दीप लामिछानेलाई आज अदालत उपस्थित गराइँदै



काठमाडौं । बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई सोमबार अदालत उपस्थित गराइँदै छ ।

चार दिनअघि पक्राउ परेपनि सार्वजनिक विदाका कारण सन्दीपलाई अदालत लगेर अनुसन्धानका लागि म्याद लिइएको थिएन । दशैँ बिदा सकिएर सोमबार अदालत खुल्ने भएकाले सन्दीपलाई उपस्थित गराउन लागिएको काठमाडौं प्रहरी परिसर स्रोतले जानकारी दियो ।

सन्दीप विदेशमा रहेका बेला उनीमाथि बलात्कारको आरोप लागेको थियो । पक्राउ पुर्जी जारी भएको झन्डै एक महिनापछि सन्दीप प्रहरीलाई जानकारी दिएर नेपाल फर्किएका थिए । उनले आत्मसमपर्ण गर्ने इच्छा व्यक्त गरेपनि प्रहरीले त्रिभुवन विमानस्थलबाटै पक्राउ गरेको थियो ।

सन्दीपमाथि एक १७ वर्षीया किशोरीले बलात्कारको आरोप लगाएकी छिन् । प्रहरीले सन्दीपलाई अधिकतम २४ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउने छ ।

 

प्रकाशित मिति : २४ आश्विन २०७९, सोमबार  ८ : ३३ बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले