४ आश्विन २०८३, आइतबार | September 20, 2026

७० हजार फछ्र्यौट नहुदाँ काठमाडौं–२ का उम्मेदवार श्रेष्ठबिरुद्ध उजुरी



काठमाडौं । काठमाडौँ–२ प्रदेशसभा (२) का नेकपा एमालेका उम्मेदवार सुवर्ण श्रेष्ठविरुद्ध उजुरी परेको छ।

श्रेष्ठले शंखरापुर नगरपालिकको प्रमुख रहँदा गैरकानुनी लिएको रकमलाई महालेखाले बेरुजुका रुपमा औल्याउँदै फिर्ता गर्न निर्देशन दिएपनि नगरेको भन्दै श्रेष्ठको उम्मेदवारी नै खारेजीको माग गर्दै उजुरी परेको हो।

उनका प्रतिस्पर्धी गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका भरतप्रसाद फुयालले उजुरी दर्ता गरेका हुन्। आइतबार दर्ता भएका उम्मेदवारविरुद्ध उजुरी दिन निर्वाचन आयोगले सोमबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म समय दिएको थियो।

काठमाडौँ २ की निर्वाचन अधिकृत बिमला रेग्मीका अनुसार उजुरी उपर भोलिसम्म छानबिन गरेर निर्णय लिइनेछ । ‘उहाँले यसअघि नै बेरुजु फछ्र्यौट गरेको निस्सा ल्याउनुभयो भने उजुरी खारेज हुन्छ, अन्यथा उम्मेदवारीबारे कानुन बमोजिम निर्णय गर्छौ।’

निर्वाचन आचारसंहिता २०७९ मा उम्मेदवार हुनु अघि कुनै पनि व्यक्तिले बेरुजु भए त्यसको फछ्र्यौट गर्नु पर्ने उल्लेख गरेको छ। फछ्र्यौट नगरेमा निर्वाचन आयोग ऐन २०७३ को दफा २३ तथा आचार संहिताको दफा ४६ बमोजिम उम्मेदवारी नै खारेज हुने कानुनी व्यवस्था रहेको बिषयलाई पनि उजुरीकर्ताले स्मरण गराएका छन् ।

श्रेष्ठले शंखरापुर नगरपालिकको प्रमुख रहँदा आर्थिक वर्ष २०७६र७७ मा कोरोना महामारी नियन्त्रण गर्ने नाममा ७० हजार ६१८ रुपैयाँ भत्ता लिएको महालेखाको वार्षिक प्रतिवेदनमा औंल्याइएको उजुरीमा उल्लेख छ।

उक्त भत्ता बागमती प्रदेश सरकारद्धारा जारी गरिएको स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुको सुविधा सम्वन्धी ऐन २०७५ विपरीत रहेको भन्दै उजुरी परेको हो।

काठमाडौँ २ मा यो बाहेक अरु कुनै पनि उजुरी परेको छैन् ।

प्रकाशित मिति : २४ आश्विन २०७९, सोमबार  ७ : ४२ बजे

राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न रास्वपाको निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संयुक्त राष्ट्रसङ्घको महासभामा भोटेकोशी

जलवायु न्याय खोज्दै मनास्लु आधार शिविरमा बसेका युवाको अनशन स्थगित

गोरखा । मनास्लु आधारशिविरमा युवाहरुले तीन दिनदेखि गरेको आमरण अनशन

बुटवलमा मंसिर २६ र २७ गते दोस्रो मगर साहित्य महोत्सव हुँदै

बुटवल । मगर समुदायको भाषा, साहित्य र कलाको पहिचान गर्दै

देवानगन्ज घटना : घाइते यादवको शरीरबाट गोली निकालियो

सुनसरी । सुनसरीको देवानगन्जमा गोली प्रहारबाट घाइते भएका २४ वर्षीय

च्यासलमा एमाले सचिवालय बैठक

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा