१२ असार २०८३, शुक्रबार | June 26, 2026

जसपाका मन्त्रीबारे निर्णय लिन देउवाले बोलाए गठबन्धनको बैठक



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनको बैठक बोलाएका छन् । गठबन्धनको एउटा दल जसपा विपक्षी एमाले गठबन्धनमा सामेल भएपछि देउवाले मंगलबार चारदलीय बैठक बैठक बोलाएका हुन् ।

जसपाका मन्त्री हटाउने विषयमा छलफल गर्न देउवाले दिउँसो २ बजे बालुवाटारमा गठबन्धनको बैठक बोलाएका छन्। प्रधानमन्त्रीको निजी सचिवालय स्रोतका अनुसार देउवाले जसपाका मन्त्रीहरूलाई हटाउने तयारी गरेका छन्। त्यसकै लागि छलफल गर्न उनले सत्ता गठबन्धनको बैठक बोलाएका हुन् ।

जसपाबाट राजेन्द्रप्रसाद श्रेष्ठ संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री, मोहम्मद इस्तियाक राई भौतिक पूर्वाधार तथा यातायातमन्त्री, प्रदीप यादव वन तथा वातावरणमन्त्री र मृगेन्द्रकुमार सिंह कृषि तथा पशुपन्छी विकासमन्त्री रहेका छन्।

पाँचदलीय सत्तागठबन्धन छाडेसँगै जसपाले एमालेसँग १७ सिटका लागि तालमेल गरेको छ। गत शनिबार एमाले अध्यक्ष केपी ओली र जसपा अध्यक्ष उपेन्द्र यादवले चुनावपछि पनि निरन्तर सहकार्य रहने सहमतिसहित तालमेल गर्ने निर्णय गरेका थिए। एमालेसँग तालमेल गरे पनि उपेन्द्रले प्रधानमन्त्री देउवाले आफ्ना दलका मन्त्रीलाई हटाउन नहुने धारणा सार्वजनिक गरेका छन् ।

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलबार  १ : ४७ बजे

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

पर्वत । मोदी गाउँपालिका–६, तिलाहारका ५१ वर्षीय जीतबहादुर विकलाई आफ्नै

चलचित्र ‘पार्वती’को रत्यौली गीत ‘नौतुना रेलैमा’ सार्वजनिक

चलचित्र ‘पार्वती’को रत्यौली गीत ‘नौतुना रेलैमा’ सार्वजनि काठमाडौं । आगामी

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण

राष्ट्रियसभा बैठक : जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले जनसरोकारका विभिन्न विषयमा सरकारको

सीमाविद् श्रेष्ठलाई भीमसेन थापा पुरस्कार

काठमाडौँ । राष्ट्रिय विभूति भीमसेन थापा प्रतिष्ठानले यस वर्ष सीमाविद्