३ पुस २०८२, बिहिबार | December 18, 2025

जसपाका मन्त्रीबारे निर्णय लिन देउवाले बोलाए गठबन्धनको बैठक



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनको बैठक बोलाएका छन् । गठबन्धनको एउटा दल जसपा विपक्षी एमाले गठबन्धनमा सामेल भएपछि देउवाले मंगलबार चारदलीय बैठक बैठक बोलाएका हुन् ।

जसपाका मन्त्री हटाउने विषयमा छलफल गर्न देउवाले दिउँसो २ बजे बालुवाटारमा गठबन्धनको बैठक बोलाएका छन्। प्रधानमन्त्रीको निजी सचिवालय स्रोतका अनुसार देउवाले जसपाका मन्त्रीहरूलाई हटाउने तयारी गरेका छन्। त्यसकै लागि छलफल गर्न उनले सत्ता गठबन्धनको बैठक बोलाएका हुन् ।

जसपाबाट राजेन्द्रप्रसाद श्रेष्ठ संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री, मोहम्मद इस्तियाक राई भौतिक पूर्वाधार तथा यातायातमन्त्री, प्रदीप यादव वन तथा वातावरणमन्त्री र मृगेन्द्रकुमार सिंह कृषि तथा पशुपन्छी विकासमन्त्री रहेका छन्।

पाँचदलीय सत्तागठबन्धन छाडेसँगै जसपाले एमालेसँग १७ सिटका लागि तालमेल गरेको छ। गत शनिबार एमाले अध्यक्ष केपी ओली र जसपा अध्यक्ष उपेन्द्र यादवले चुनावपछि पनि निरन्तर सहकार्य रहने सहमतिसहित तालमेल गर्ने निर्णय गरेका थिए। एमालेसँग तालमेल गरे पनि उपेन्द्रले प्रधानमन्त्री देउवाले आफ्ना दलका मन्त्रीलाई हटाउन नहुने धारणा सार्वजनिक गरेका छन् ।

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलबार  १ : ४७ बजे

बुटवलमा आजदेखि १६ औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी सुरु हुने, अर्थमन्त्री खनालले उद्घाटन गर्ने

बुटवल । रुपन्देही उद्योग संघको आयोजनामा ‘समृद्ध नेपाल निर्माणको आधार,

यी हुन् एमाले महाधिवेशनमा मतदान नगर्ने ३६ प्रतिनिधि

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ

एमाले ११ औँ महाधिवेशन : बिहान ८ बजेदेखि मतगणना सुरु, साढे १० बजेसम्म नतिजा सार्वजनिक गर्ने तयारी

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ

धान्द्रुके बाजेलाई त्रियासी वर्षमा नागरिकता

गलकोट । यहाँको बागलुङ नगरपालिका-१० भकुण्डेमा बस्दै आएका एक ८३

एमाले ११ औँ महाधिवेशन : सकियो मतदान, २२ सय २७ मत खस्यो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय