६ पुस २०८२, आइतबार | December 21, 2025

स्विट्जरल्याण्डले दियो एक सय बढी देशका ३५ लाखको बैंक खाता विवरण



एजेन्सी । स्वीस अधिकारीहरूले भारतसहित एक सय एक देशसँग बैंक खाता विवरण उपलब्ध गराएका छन् । उक्त देशको सङ्घीय कर प्रशासनले ३५ लाख खाताको वित्तीय विवरण ती देशलाई उपलब्ध गराएको हो ।

कर अनुशासन सुधार गर्न तथा सम्भावित छली रोक्न भारत र स्विट्जरल्याण्डबीच सन् २०१८ मा बैंक खाता विवरण साझा गर्नेसम्बन्धमा द्विपक्षीय सहमति भएको थियो । उक्त सहमतिअनुसार स्विट्जरल्याण्डले उक्त विवरण भारतलाई उपलब्ध गराएको हो । स्विट्जरल्याण्डले यसअघि तीनपटक वित्तीय विवरण भारतलाई उपलब्ध गराइसकेको छ ।

सरकारी अधिकारीहरूका अनुसार प्राप्त विवरणबाट विदेशस्थित बैंकमा खोलिएको खाताको विवरणबारे सम्बद्ध निकायलाई खातावालाले दिएको जानकारी वास्तविक भएनभएको निक्र्योल गर्न तथा कर अनुशासन कायम गर्न कर अधिकारीहरूलाई सहज हुनेछ ।

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलबार  ५ : १३ बजे

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको

नेपालगन्जका सात वडा कार्यालय भवनविहीन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा

नेपालगन्जमा सुरु भयो ‘क्रस बोर्डर टुरिजम कन्क्लेभ’, ४० बढी भारतीय टुर अपरेटर सहभागी

नेपालगन्ज ‌। नेपालगन्जमा शनिबारदेखि तीन दिने क्रस बोर्डर टुरिजम कन्क्लेभ