२१ भदौ २०८३, आइतबार | September 7, 2026

टी-२० क्रिकेट विश्वकप : वेस्ट इन्डिजसँग पराजित भएसँगै नेपाल समूह चरणबाट बाहिरियो



काठमाडौँ । टी-२० क्रिकेट विश्वकपमा नेपाल वेस्ट इन्डिजसँग ९ विकेटले पराजित भएको छ ।आइतबार मुम्बइस्थित वानखेड स्टेडियममा नेपालले दिएको १३४ रनको लक्ष्य वेस्ट इन्डिजले १५.२ ओभरमा १ विकेटको क्षतिमा पूरा गरेसँगै नेपाल समूह चरणबाट बाहिरिएको छ ।

वेस्ट इन्डिजका लागि शाइ होपले ६१ रनको अर्धशतकीय पारी खेले । ४४ बल खेलेका उनले ५ चौका र ३ छक्का प्रहार गरे । त्यस्तै सिमरोन हेटमायरले ४६ रन बनाउँदा ब्रान्डन किङ्सले २२ रन जोडे । नेपालका लागि नन्दन यादवले एक विकेट लिँदा बाकी बलरले विकेट निकाल्न सकेनन् ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभर ८ विकेट गुमाउँदै १३३ रन बनाएको थियो ।

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ५८ रनको अर्धशतकीय पारी खेलेका थिए । ४७ बल खेलेका उनले ३ चौका र ३ छक्का प्रहार गरे ।

नेपालका लागि सोमपाल कामीले २६ रनको योगदान गर्दा लोकेश बमले १३ रन मात्र जोड्न सफल भए ।

बलिङतर्फ वेस्ट इन्डिजका लागि जेशन होल्डरले सर्वाधिक चार विकेट लिए । त्यस्तै अकेल हुशेन, म्याथु फोड, समार जोसेप र रोस्टोन चेसले एक एक विकेट लिए ।

आजको खेलमा जित निकाल्दै वेस्ट इन्डिज सुपर आठमा प्रवेश गरेको छ । नेपाल रहेको समूह सीमा वेस्ट इन्डिज तीन खेलमा ६ अंक जोड्दै शीर्ष स्थानमा छ ।

दोस्रो स्थानमा रहेको इङ्ल्यान्डको पनि तीन खेलबाट चार अंक छ । समान दुई अंक रहेका नेपाल र स्कटल्यान्डले मंगलबार प्रतिस्पर्धा गर्दैछन् । स्कटल्यान्डलाई यो खेलले केही फरक परेपनि नेपालका लागि जित निकालेमा सुखद बिदाइ मात्र हुनेछ ।

प्रकाशित मिति : ३ फाल्गुन २०८२, आइतबार  ३ : ०१ बजे

भोटेकोशी बाढी : एक हजार ३५३ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देश : तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिने

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ । नेपाल(चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

अनुशासन उल्लङ्घन, पार्टी परित्याग गरेका, निधन भएका बाहेकले १५औँ महाधिवेशनमा भाग लिन पाउने

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको अनुशासन उल्लङ्घन

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त